+

२२ वर्षपछि प्रिमियर लिग जित्ने संघारमा आर्सनल

२०८३ जेठ  ५ गते ९:४३ २०८३ जेठ ५ गते ९:४३
२२ वर्षपछि प्रिमियर लिग जित्ने संघारमा आर्सनल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्सनलले प्रिमियर लिगमा बर्नलीलाई १-० ले पराजित गर्दै ३७ खेलपछि ८२ अंकसहित शीर्ष स्थानमा रहेको छ।
  • काइ हाभेर्ट्जले ३७औं मिनेटमा गोल गर्दै आर्सनललाई जित दिलाएका थिए।
  • आर्सनलले एक खेल बाँकी रहँदा म्यानचेस्टर सिटीमाथि ५ अंकको अग्रता बनाएको छ र च्याम्पियन बन्ने सम्भावना बलियो बनाएको छ।

५ जेठ, काठमाडौं । काइ हाभेर्ट्जको एक मात्र गोलमा आर्सनलले प्रिमियर लिगमा बर्नलीलाई १-० ले पराजित गर्दै उपाधि होड बलियो बनाएको छ ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलका लागि हाभेर्ट्जले ३७औं मिनेटमा बुकायो साकाको पासमा गोल गरेका थिए ।

यो जितपछि लिगमा ३७ खेल खेलिसेकको आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीमाथि ५ अंकको अग्रता बनाएको छ र २२ वर्षपछि प्रिमियर लिग जित्ने संघारमा छ ।

आर्सनल ८२ अंकसहित शीर्ष स्थानमा छ । आर्सनलले अब एक खेल खेल्न बाँकी छ । उक्त खेल जिते आर्सनल च्याम्पियन बन्नेछ । सिटी ३६ खेलबाट ७७ अंकसहित दोस्रो स्थानमा छ ।

यदी सिटीले मंगलबार बर्नमाउथलाई हराउन नसके वा पराजित भएमा आर्सनल एक खेलअघि नै च्याम्पियन बन्नेछ ।

यदि सिटी विजयी भएमा भने आर्सनलले अन्तिम खेलसम्म कुर्नुपर्नेछ । आर्सनलले आउने आइतबार क्रिस्टल प्यालेससँग खेल्नेछ ।

आर्सनल इंग्लिस प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय