News Summary
Generated by OK AI. Editorially reviewed.- ब्राजिलले नेमारसहित २६ सदस्यीय फिफा विश्वकप २०२६ को अन्तिम टोली घोषणा गरेको छ।
- नेमारले चौथो पटक विश्वकप खेल्नेछन् र टोलीमा अनुभवी तथा युवा खेलाडीहरूको मिश्रण छ।
- ब्राजिल समूह सी मा हाइटी, मोरोक्को र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
५ जेठ, काठमाडौं । ब्राजिलले फरवार्ड नेमारलाई समावेश गर्दै फिफा विश्वकप २०२६ का लागि अन्तिम टोली घोषणा गरेको छ ।
ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले सोमबार साँझ रियो दि जेनेरियो आयोजित एक कार्यक्रममा प्रारम्भिक सूचीमा रहेका ५५ खेलाडीबाट २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।
३४ वर्षीय नेमारले आफ्नो ब्याएहुड क्लब सान्तोसका लागि पछिल्लो १८ महिना उत्कृष्ट प्रदर्शन गरेका थिए । लामो समय चोटसँग संघर्ष गर्दै आइरहेका नेमार विश्वकप खेल्ने टिममा पर्छन् कि पर्दैनन् भन्ने ठूलो चासो थियो । नेमारलाई टिममा समावेश गर्ने विषयमा पनि ब्राजिलमा ठूलो बहस भएको थियो ।
अन्तिम टोलीमा समावेश भएपछि नेमारले अब चौथो पटक फिफा विश्वकप खेल्नेछन् । विश्वकप २०२६ जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ ।
नेमारसहित ब्राजिलको फरवार्ड लाइनमा भिनिसियस जुनियर, राफिन्हा, एन्ड्रिक, इगोर थियागो, गाब्रीएल मार्टीनेली जस्ता खेलाडीहरु छनु । फरवार्ड लाइनमा ब्राजिललाई धेरै विकल्प छ । तर टिममा पाँच जना मात्र मिडफिल्डर छन् ।
ब्राजिलिलयन टिममा अनुभवी र युवा खेलाडीहरुको मिश्रण रहेको छ । बर्नमाउथबाट खेल्ने रायान अन्तिम टिममा पर्दा चेल्सीबाट खेल्ने जोआओ पेड्रो भने टिममा अटाउन सकेनन् ।
चोटका कारण रियल मड्रिडका फरवार्ड रोड्रिगो, डिफेण्डर एडर मिलिटाओ र चेल्सीबाट खेल्ने इस्टाभियो यसअघि नै विश्वकप गुमाउने निश्चित भइसकेको छ ।
समूह सी मा रहेको ब्राजिलले हाइटी, मोरोक्को र स्कटल्यान्डसँग समूह चरणमा खेल्नेछ ।
यस्तो छ ब्राजिलको अन्तिम टोली
गोलकिपर: एलिसन, एडरसन, वेभरटन
डिफेण्डर: एलेक्स सान्ड्रो, ब्रेमर, डानिलो लुइस, डुगलास सान्तोस, गाब्रीए मागल्हाएस, रोजर इबानेज, लियो पेरेइरा, मार्कविन्होस, वेस्ले
मिडफिल्डर: ब्रुनो गुइमारेज, कासेमिरो, डानिलो सान्तोस, फाबिन्हो, लुकास पाक्वेटा
फरवार्ड: एड्ड्रिक, गाब्रीएल मार्टिनेली, इगोर थियागो, लुइस हेनरिके, माथेउस कुन्हा, नेमार, राफिन्हा, रायान, भिनिसियस जुनियर
प्रतिक्रिया 4