+

सूर्यवंशीको शानदार ब्याटिङमा राजस्थानको प्लेअफ सम्भावना कायमै

२०८३ जेठ  ६ गते ७:४३ २०८३ जेठ ६ गते ७:४३
सूर्यवंशीको शानदार ब्याटिङमा राजस्थानको प्लेअफ सम्भावना कायमै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले हराउँदै आईपीएल प्लेअफको सम्भावना कायम राखेको छ।
  • वैभव सूर्यवंशीले ३८ बलमा १० छक्का प्रहार गर्दै ९३ रनको विस्फोटक इनिङ्स खेले।
  • राजस्थानले १९.१ ओभरमा ३ विकेट गुमाएर २२१ रनको लक्ष्य पूरा गरेको छ।

६ जेठ, काठमाडौं । युवा ब्याटर वैभव सूर्यवंशीको शानदार ब्याटिङमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले हराउँदै आईपीएल प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ।

२२१ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि सूर्यवंशीले ३८ बलमा १० छक्का प्रहार गर्दै ९३ रनको विस्फोटक इनिङ्स खेले । ध्रुव जुरेलले अविजित ५३ रन बनाएर खेल फिनिस गरे ।

राजस्थानले १९.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । लखनउका लागि आकाश सिंह र मोहसिन खानले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउका लागि मिचेल मार्शले ९६ र जोश इङ्लिसले ६० रन बनाएपछि टोलीले २२०-५ को बलियो स्कोर बनाएको थियो ।

राजस्थानका लागि यश राज पुन्जाले २ विकेट लिँदा जोफ्रा आर्चरले १ विकेट लिए ।

यो जितसँगै राजस्थान १३ खेलमा १४ अंक जोडेर शीर्ष ४ भित्र प्रवेश गरेको छ र प्लेअफ दौडमा जीवित रहेको छ । राजस्थानले अब आफ्नो अन्तिम खेल जितेर चेन्नई गुजरातसँग पराजित भएमा प्लेअफमा स्थान पक्का हुनेछ ।

लखनउ भने यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

आईपीएल २०२६ राजस्थान रोयल्स वैभव सूर्यवंशी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय