+

एसियन पुम्से तेक्वान्दो च्याम्पियनसिपमा प्रेमलाई कांस्य पदक

२०८३ जेठ  ६ गते ८:०८ २०८३ जेठ ६ गते ८:०८
एसियन पुम्से तेक्वान्दो च्याम्पियनसिपमा प्रेमलाई कांस्य पदक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली तेक्वान्दो खेलाडी प्रेम लिम्बूले मंगोलियाको उलानबातारमा भइरहेको नवौं एसियन पुम्से तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जितेका छन्।
  • प्रेमले रिकग्नाइज्ड पुम्से पुरुष ४० वर्षमुनि प्रतिस्पर्धामा कुवेतविरुद्ध क्वाटरफाइनल वाकओभर पाएर सेमिफाइनलमा दक्षिण कोरियाली खेलाडीसँग ८.९–८.६ अंकले पराजित भएपछि कास्य पदकमा सिमित भए।
  • नेपाल प्रहरीमा आबद्ध प्रेमले कोरियन प्रशिक्षक क्वान योङ् दाल र जित बहादुर बोटबाट प्रशिक्षण लिँदै आएका छन् र सन् २०२६ को वर्ल्ड तेक्वान्दो पुम्से च्याम्पियनसिप र २०औं एसियन गेम्सलाई लक्ष्य बनाएका छन्।

५ जेठ, काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी प्रेम लिम्बूले मंगोलियाको उलानबातारमा भइरहेको नवौं एसियन पुम्से तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक जितेका छन् ।

प्रेमले रिकग्नाइज्ड पुम्से पुरुष ४० वर्षमुनि प्रतिस्पर्धा गर्दै ऐतिहासिक कांस्य पदक जितेका हुन् । एसियन पुम्से च्याम्पियनसिपमा नेपाली खेलाडीले जितेको यो पहिलो पदक हो ।

प्रेमले क्वाटरफाइनलमा कुवेतविरुद्ध वाकओभर पाएका थिए । त्यसपछि सेमिफाइनलमा दक्षिण कोरियाली खेलाडीसँग प्रेम ८.९–८.६ अंकले पराजित भएपछि प्रेम कांस्य पदकमा सिमित भए ।

नेपाल प्रहरीमा आबद्ध रहेका प्रेमले कोरियन प्रशिक्षक क्वान योङ् दाल र जित बहादुर बोटबाट प्रशिक्षण लिँदै आएका छन् ।

एसियन पुम्से च्याम्पियनसिपमा पदक जितेपछि प्रेमले छोटो प्रतिक्रिया दिँदै एकदमै खुशी लागेको र आगामी दिनमा अझ राम्रो गर्ने लक्ष्य रहेको बताए ।

उनले अबको लक्ष्य सन् २०२६ मा हुने वर्ल्ड तेक्वान्दो पुम्से च्याम्पियनसिप र २०औं एसियन गेम्स रहेको पनि बताए ।

एसियन पुम्से तेक्वान्दो च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय