+

नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि मलेसिया ६७ रनमा अलआउट

२०८३ जेठ  ६ गते ९:४९ २०८३ जेठ ६ गते ९:४९
नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि मलेसिया ६७ रनमा अलआउट

६ जेठ, काठमाडौं । एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपको तयारीका लागि भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६७ रनमै अलआउट गरेको छ ।

टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गरेको मलेसियालाई नेपाली बलरहरुले उत्कृष्ट बलिङ गर्दै ६७ रनमै अलआउट गरेका हुन् ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालकी पूजा महतोले ३, मनिषा उपाध्याय र रिया शर्माले दुई/दुई र कविता कुँवर र सीता मगरले एक/एक विकेट लिए । मलेसियाकी एल्सा हन्टरले १० रन बनाउन बाहेक अन्य कसैले दोहोरो रन बनाउन सकेनन् ।

एसियन गेम्स छनोट मलेसियामै मे २३ देखि ३१ सम्म हुँदैछ । यस्तै प्रिमियर कप जुन १ देखि १३ सम्म हुनेछ । एसियन गेम्स छनोट खेलअघि नेपालले तयारीका लागि मलेसियासँग  खेल्न लागेको हो । २२ गते मलेसियासँगै अर्को खेल हुनेछ ।

नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय