+
+

विद्युत विकास विभागका पूर्वइन्जिनियर लागेजुविरुद्ध भ्रष्टाचारको मुद्धा दायर

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २४ गते १६:२३

२४ भदौ, काठमाडौं ।अख्तयार दुरूपयोग अनुसन्धान आयोगले विद्युत विकास विभागका पूर्व इन्जिनियर रामगोपाल लागेजुविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।

लागेजुले कास्कीको माछापुच्छ्रे गाविस झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका नाममा जारी भएको करुवा जलविद्युत आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमति पत्र नविकरणका लागि पटक-पटक तरताकेता गर्दा प्रक्रिया अघि नबढाइ ५ वर्ष झुलाएका थिए । उनले आफू र प्रवर्द्धक कम्पनीलाई फाइदा पुग्ने गरी प्रवर्द्धक कम्पनीसँग मिलेमतो गरी पूनः नयाँ दरखास्त दिन लगाएको अख्तियारले जनाएको छ ।

सर्वेक्षण अनुमतिपत्र नविकरण हुन नसक्दा प्रवर्द्धक कम्पनीले धरौटी राखेको रकम राजस्वमा दाखिला हुन नसकेको र यसवाट सरकारलाई तीन लाख नोक्सानी भएको अख्तियारको दावी छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा तीन लाख विगो र दफा ३(१) तथा दफा ३(१) (घ) बमोजिम सजायको मागदावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?