+
+

अमेरिका र अष्ट्रेलिया पठाउँछु भनी ठगी गर्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ३१ गते १६:३६

३१ असोज, काठमाडौं । अमेरिका र अष्ट्रेलिया लैजान्छु भन्दै ठगी गर्ने श्यामराज पाण्डे पक्राउ परेका छन् ।

Shyam-raj-pandeyनुवाकोट मदानपुर-२ घर भई मनमैजु ५ बस्ने पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।

ठगीको मुद्दाहरूमा धरौटीमा छुट्दै आएका उनी सरकारी छाप दस्तखत कीर्ति मुद्दामा यसअघि भएको फैसला कार्यान्वयनका लागि कारगार चलान भएका छन् ।

सरकारी छाप दस्तखत किर्ते मुद्दामा काठमाण्डौं जिल्ला अदालतले २०६२ पुस २१ मा गरेको १ बर्ष कैद सजाय भुक्तानका लागि उनलार्इ कारागार चलान गरिएको हो ।

उनले अमेरिका र अष्ट्रेलियामा बिजनेस भिषा दिलाई दिन्छु भन्दै प्रति व्यक्ति ५ लाख देखि ४० लाख सम्म उठाएको प्रहरीमा उजुरी परेको थियो ।

तर, लाक्पा शेर्पाको बैदेशिक रोजगार ठगी मुद्दामा श्रम तथा वैदेशिक रोजगार विभागले पाण्डेलार्इ साठी लाख धरौटीमा छाडेको थियो ।

अष्ट्रेलियामा बिजनेस भिषा लगाई पठाउने भन्दै १३ लाख लिएको भन्दै थोमस राई र लाल बहादुर जिसले उजुरी दिएका थिए ।

तर, काठमाण्डौ जिल्ला अदालतले २ लाख धरौटीमा छाडेको छ । लेखनाथ बगालेको जाहेरी अनुसार ४५ लाख ठगी तथा बैकिङ कसुर मुद्दामा साधारण तारेखमा छुटेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?