+
+

पत्रकार महासंघ यूएईको अध्यक्षमा पुनः दाहाल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १ गते १२:१२

यूएई । नेपाल पत्रकार महासंघ यूएईको चौथो अधिवेशनबाट अर्जुन दाहाल पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।

यूएईको बरदुबइमा शुक्रवार सम्पन्न चौथो अधिवेशनबाट दाहाल पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा त्रिलोचन कोइराला, सचिवमा लक्ष्मण खनाल, सहसचिवमा हरी नेपाली र कोषाध्यक्षमा मेघराज सापकोटा निर्वाचित भएका छन् ।

सदस्यमा शेखर चापागाईँ, एकेन्द्र थापा र भुपराज बस्याल चयन भएका छन् । अधिवेशनमा पूर्व सचिव निमेष गिरीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष एकेन्द्र थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले शुभकामना मन्तब्य ब्यक्त गर्दै प्रवासमा रहेर पत्रकारितामार्फत पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए ।

अधिवेशन पश्चात ‘वैदेशिक रोजगारीको आकर्षण र यसले नेपाली समाजमा पारेको असर विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?