Comments Add Comment

यी गुण भएका पुरुष दीपिकाको प्रेमी हुन सक्छन

Deepika
पछिल्लो समय चर्चामा रहेकी अभिनेत्री दीपिका पादुकोणले आफुलाई असल प्रेमी चाहिएको कुरा पटक-पटक गर्दै आएकी छिन् । तर, उनले आफुले चाहे जस्तै असल प्रेमीमा हुनुपर्ने गुण के-के हुन भन्ने वारे भने ढिलो मात्रै खुलिन् ।
दीपिकालाई लाग्छ- आफुलाई योग्य देखाउन पुरुषहरु निकै ठूला ठूला कुरा गर्छन् । उनी भन्छिन-‘महिलाका साना-साना कुरामा ध्यान दिन सक्ने मानिस नै उपयुक्त प्रेमी हुन सक्छ ।’
संसारमै श्रीमतिसँग झगडा गर्ने मान्छे देख्दा सार्‍है घृणा लाग्छ उनलाई । श्रीमतिलाई माया गर्ने पुरुष सबै भन्दा योग्य पुरुष हो भन्ने मान्यता राख्छिन । उनको भनाइ अनुसार कतिपय पुरुषहरु श्रीमति कुटेर बलियो भएको पनि देखाउन खोज्छन् । तर, ति मान्छे संसारका सबै भन्दा नालायक हुन् ।
पछिल्ला केही बर्षमा पुरुष महिलाको वास्तविक साथी बनेको पनि अनुभव गरेकी छिन् उनले । घरमा होस् या कार्यालयमा महिलाको सम्मान गर्ने पुरुष आफ्नो लागि योग्य हुने बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment