Comments Add Comment

महिला केवल सेक्सका लागि होइनन्ः प्रियंका

priyanka
मुम्बइ । बलिउड अभिनेत्री प्रियंका चोपडाले महिला केबल सेक्सका साधन नभएको बताएकी छिन् ।
महिला जो कसैको सेक्स या मनोरञ्जनको साधन होइन भन्दै उनले भनिन् -‘अब महिलालाइ केबल बराबर अधिकार दिएर मात्रै हुँदैन, सम्मान पनि दिन जरुरी छ ।’

महिलालाई सम्मान दिने मामलामा भारतीय पुरुष कन्जुस् भएको बताइन् ।
भारतीय संचारमाध्यममा प्रकाशित एक अन्तर्वातामा उनले भनिन- ‘भारतीय पुरुषहरु संकुचित छन् ।’

युवतिहरुले छोटो कपडा लगाएर हिंडेकाले पुरुष उत्तेजित भएर बलात्कार गरेको भन्ने टिप्पणीप्रति प्रियंकाले आपत्ति जनाइन् ।
‘युवतिले छोटो लुगा लगाउनु बलात्कारको कारण होइन, बलात्कारको मुख्य कारण भनेको पुरुषहरुको सोंच हो ।’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment