मुम्बई । अभिनेत्री प्रियंका चोपडाको लागि सन् २०१४ फलिफाप भयो । उनको प्रतिक्षित फिल्म ‘मेरीकोम’ रिलिज भएको थियो भने फिल्मको सफलतासँगै प्रियंकाको कामको समेत ब्यापक तारिफ भयो ।
आउँदो वर्ष अझै महत्वपूर्ण हुने उनको भनाई छ । आउँदो वर्ष म्युजिकसँग सम्बन्धित केही नयाँ काम सुरु गर्ने योजनामा छिन प्रियंका । ‘आफ्नै काम सुरु गर्ने योजनाले उत्साहित छु म ।’ प्रियंकाले भनिन् ।
सन् २०१५ मा उनका तीन वटा फिल्म प्रदर्शन हुनेछन् । जोया अख्तरको ‘दिल धड्कने दो’ सञ्जयलीला भन्सालीको ‘बाजीराब मस्तानी’ र मधुर भण्डारकरको ‘म्याडम जी’ ।
यी तीनै फिल्मका विषयमा पि्रयंका मात्रै हैन दर्शक समेत उत्साहित छन् । मधुर भण्डारकरसँग पि्रयंकाले ‘फेशन’ मा काम गरेकी थिइन् । जुन फिल्म ब्यबसायिक रुपमा सफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4