+
+

पीकेको कमाइ १२० करोड नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १० गते ८:५७

aamir khan pk
मुम्बई । अमिर खान अभिनित फिल्म पीकेको ब्यापार सय करोड माथि पुगेको छ ।
जीन्युजले उल्लेख गरेअनुसार शुक्रवार रिलिज भएको फिल्मले बुधवारसम्म एकसय बीस करोड कमाइ गरेको छ ।
फिल्मको कमाइ राम्रो भएको समाचार सार्वजनिक भइरहेको बेला अभिनेत्री अनुष्का शर्माले ट्वीट गर्दै खुसी शेयर गरेकी छिन् । ‘पिकेलाई यति धेरै माया गर्नुभयो सबैलाई सुक्रिया ।’अनुश्काले भनेकी छिन् ।
राम्रो विषय र कलाकारको जोडदार अभिनयले फिल्म धेरै राम्रो चलेको प्रतिक्रिया सम्बद्ध कलाकारले दिएका छन् । यस चलचित्रमा अमिर, अनुष्काको अतिरिक्त सञ्जय दत्त, सुशान्त सिंह, बोमन इरानी लगायतले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?