चलचित्र ‘दासढुंगा’ निर्माण गरेका निर्माता अपिल बिष्टले अब निर्देशनमा हात हालेका छन् ।
उनले सामाजिक कथामा चलचित्र ‘झुम्की’ निर्देशन गर्न लागेका हुन् । उनले आफूले चलचित्र भन्दा अरु केही पनि सोच्न नसक्ने बताउँदै निर्देशनमा हात हालेको जानकारी दिए ।
यो चलचित्रको छायांकन पौष, फागुन र भाद्र महिनामा गरिनेछ । चलचित्रलाई स्तरिय बनाउन आफूले ३ वटा सेड्यूलमा छायांकन गर्न लागेको अपिलले बताए । यो चलचित्रमा रामबाबु गुरुङको लेखन छ ।
चलचित्रको हाल केही दृश्यको छायांकन भैरहेको छ । तर, पौष २२ गतेबाट भने सम्पूर्ण कलाकारको साथमा छायांकनमा जाने उनले बताए ।
अपिल बिष्ट प्रोडक्शनको ब्यानरमा बन्न लागेको यो चलचित्रमा दयाहाङ राई, मनोज आरसी, रिश्मा गुरुङ, भोला राज सापकोटा, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय रहनेछ ।
चलचित्रमा निर्माता बिजय बराल बिष्ट छन् भने सह-निर्माताको रुपमा सरिता केसी अगाडि आएकी छिन् । चलचित्रको छायांकन शैलेन्द्रध्वज कार्कीले गर्नेछन् ।
प्रतिक्रिया 4