नेपाली चलचित्रमा सर्वाधिक चर्चा हुन्छ, नायक आर्यन सिग्देल र नायिका रेखा थापाको दुश्मनीको बिषयमा । रेखा र आर्यन एकअर्कासँग बोलचाल नगरेको नै धेरै भैसकेको छ । उनीहरु, ‘कसले चोर्यो मेरो मन’ चलचित्रपछि टाढा भएका हुन् । दुई कलाकार नजिक हुने संभावना अझै देखिएको छैन ।
तर, पौष २५ गते आर्यनको मुख्य भूमिका रहेको चलचित्र ‘अलबिदा’ र रेखाको मुख्य भूमिका रहेको चलचित्र ‘तथास्तु’ हलमा लाग्दैछ । यसकारण पनि दुई कलाकारको भिडन्तले यतीबेला चलचित्र बजारलाई तताइरहेको छ ।
रेखा र आर्यनमा कसको स्टारडमले काम गर्ला, यस्ता खालका टिप्पणी पनि सुरु भैसकेका छन् । तर, नायक आर्यन सिग्देल भने आफ्नो प्रतिस्पर्धा कसैसँग नभएको बताउँछन् । आर्यनले संचारकर्मीसँग भने-‘मलाई कसको चलचित्र आउँदैछ भन्ने मतलब छैन । मैले राम्रो काम गरेको छु र ‘अलबिदा’ चल्छ भन्नेमा ढुक्क छु ।’
उनले आफ्नो चलचित्र क्षेत्रमा कोही दुश्मन नभएको बताए । आर्यनले आफूले राम्रो काम गरेको भन्दै दर्शकले आफ्नो भिन्न भूमिकालाई रुचाइदिने विश्वास गरे । हसनराजा खानको निर्माणमा तयार भएको यो चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।
यता, सविर श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘तथास्तु’मा पनि रेखाको एक्सन अवतार छ । यसकारण पनि दुई दुश्मन कलाकारको भिडन्तलाई चलचित्र क्षेत्रमा नजिकबाट नियालिएको छ ।
प्रतिक्रिया 4