+
+

सातवटा ‘आर्थिक राजधानी’को प्रस्ताब गर्दै महेश बस्नेत

४ माघ काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले सातवटा संघीय प्रदेशका लागि आफूले आर्थिक आधारमा राजधानीको प्रस्ताव गर्ने तयारी गरेको बताएका छन ।
विराटनगरलाई उद्योगको, बिरगञ्जलाई आर्थिक गतिविधिको, चितवनलाई कृषिको, पोखरालाई पर्यटनको, लुम्बीनीलाई शान्तिको, नेपालगञ्जलाई जडिबुटीको र धनगडीलाई संस्कृतिको राजधानी घोषणा गर्नु पर्ने प्रस्ताव तयार गरेको उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ४ गते २०:५०
MAHESH-BASNET1
उद्योगमन्त्री महेश बस्नेत, फाइल फोटो

पुष्प दुलाल

४ माघ काठमाडौं । उद्योगमन्त्री महेश बस्नेतले सातवटा संघीय प्रदेशका लागि अाफूले आर्थिक आधारमा राजधानी घोषणा गर्नु पर्ने प्रस्ताव  तयार पारेको बताएका छन ।

आइतबार अनलाइनखबरसँग कुरा गर्दै मन्त्री बस्नेतले भने -‘केही हप्ताभित्र सातवटा प्रदेशको राजधानीका लागि विभिन्न सात ठाउँलाई आर्थिक आधारमा राजधानी घोषणा गर्नुपर्ने प्रस्ताव मन्त्री परिषदमा लैजाँदैछु ।’

विराटनगरलाई उद्योगको, बिरगञ्जलाई आर्थिक गतिविधिको, चितवनलाई कृषिको, पोखरालाई पर्यटनको, लुम्बीनीलाई शान्तिको, नेपालगञ्जलाई जडिबुटीको र धनगडीलाई संस्कृतिको राजधानी घोषणा गर्नु पर्ने प्रस्ताव तयार गरेको उनले बताए ।

उद्योग मन्त्रालयको प्रस्तावमा सरकारले संघीय राज्यको राजधानी घोषणा गर्नेमा अाफू विश्वस्त रहेको उनले जानकारी दिए ।

आर्थिक सम्भाव्यताका आधारमा मुलुक संघीयतामा जानुपर्ने भएकाले आफूले वैज्ञानिकरूपमा राजधानी घोषणाको प्रस्ताव अघि सारेको उनले बताए ।

‘आर्थिक सम्भाव्यताबिनाको संघीय राज्य भविष्यमा चल्न सक्दैन’ उनले भने -त्यसका लागि हामी समयमै सचेत हुनु जरुरी छ ।

प्रतिपक्षी दलहरु सहमतिमा नआए जनादेश अनुसार कांग्रेस र एमालेले प्रक्रियाबाटै भएपनि देशलाई लोकतान्त्रीक संविधान दिने उनले बताए ।

संविधान निर्माणपछिको वर्षलार्इ सरकारले लगानी अाह्वान वर्षकोरूपमा मनाउने तयारी गरिसकेको उनले बताए । ‘अार्थिक हिसाबले राजधानीको घोषणा गर्दा संविधान निर्माणपछिको लगानी अाह्वान वर्षमा सम्बन्धित क्षेत्रमा सो क्षेत्रको संभावनामा नै लगानी अाकर्षित गर्न विषेश पहल गरिने छ ।’ बस्नेतले भने ।

संविधान निर्माणपछि मुलुक अार्थिक विकासमा केन्द्रित हुने भएकाले अाफूले त्यसको खाका तयार पारेको उनले बताए ।

‘सम्बन्धित क्षेत्रका साथीहरूसँग सल्लाह गरेर नै अार्थिक राजधानी घोषणा गर्नुपर्ने प्रस्ताव तयार पारेको हुँ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?