+
+

वैद्य माओवादीले संघर्षको कार्यक्रम तय गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १८ गते १०:०६

१८ माघ, काठमाडौ । मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले पार्टीको भावी योजना तय गर्न आइतवारदेखि केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।

mohan-baidyaकेन्द्रीय समितिको बैठक शनिवारदेखि नै सुरु हुने भनिए पार्टीको शीर्ष तहमा आन्तरिक गृहकार्य पूरा नभएको भन्दै आइतवारका लागि सारिएको हो ।

केन्द्रीय समितिको बैठक बस्नु अघि पोलिटब्युरो बैठक बस्दैछ । पोलिटब्युरो बैठकले पार्टी संगठनको विषय छलफल गर्ने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

पोलिटब्युरो बैठक विहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा बस्ने र पोलिटब्युरो वैठकपछि कुपण्डोलमा केन्द्रीय समितिको बैठक बस्ने प्रवक्ता भुसालले बताइन् ।

नेकपा-माओवादीको एक सय ५१ सदस्यीय केन्द्रीय समितिमा ६४  जना केन्द्रीय सदस्यको पद रिक्त रहेको छ । रिक्त सदस्य केन्द्रीय समितिको बैठकबाट पूर्ति गरिने तयारी भए पनि विवादका कारण अहिले केही सदस्य मात्रै थप गर्नेबारे पोलिटब्युरोमा छलफल हुने स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?