Comments Add Comment

गभर्नरमा चलखेल: सुमार्गीको पैसादेखि पार्टी सभापतिको दबाबसम्म

Governer3१ चैत काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाको कार्यकाल अब पाँच दिन मात्रै बाँकी छ । तर, राष्ट्र बैंकले नयाँ गभर्नर को ? भन्ने अझै टुंगो लागिसकेको छैन । चैत पाँच अघिनै सरकारले नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने भएकाले नयाँ गभर्नरका प्रत्यासीहरुले पद हत्याउन चलखेल सुरू भएको छ ।

गैरकानूनीरुमा अर्बौ रकम नेपाल भित्र्याउन खोज्ने व्यवसायी अजय सुमार्गीदेखि कांग्रेसी नेताहरु आफ्नो प्रिय पात्रलाई गभर्नर बनाउन लागि परेका छन । आफ्नो अर्बौ रकममाथि छानविन हुनबाट रोक्न सुमार्गीले आफू निकट व्यक्तिलाई गभर्नर बनाए ठूलै आर्थिक सहयोग गर्ने बचन दिएको चर्चा छ । महाअधिवेसनको मुखमा रहेक कांग्रेसी नेताहरू सुमार्गीबाट प्रभावित हुनसक्ने संभावना पनि छ ।

त्यसैगरी, पुर्वाञ्चलका अाधादर्जन कांग्रेसी नेताहरु पनि आफ्नो उम्मेद्धारलाई गभर्नर बनाउन सहयोग गर्नेलाई आगामी पार्टी अधिवेसनमा सहयोग गर्ने भन्दै तीब्र दौडधूपमा लागेका छन । त्यसैले कांग्रेस नेताहरूको उम्मेद्वार पनि गभनर्र हुनसक्ने संभावना छ ।

स्वार्थ्य समुह सक्रिय भएपछि प्रधानमन्त्री र अर्थमन्त्रीबिच पनि नयाँ गभर्नरको नाममा तीब्र मतभेद छ । उनीहरुबीचको मतभेदका कारण गभर्नर सिफारिस समिति बनेको १८ दिन वितिसक्दा पनि समितिले आगामी गभर्नरका लागि नाम सिफारिस गर्न सकेको छैन ।

आ-आफ्नै उम्मेद्धार

प्रधानमन्त्री र अर्थमन्त्रीका तीन/तीन जना फरक-फरक पृष्ठभूमि भएका व्यक्तिहरु गभर्नरका उम्मेद्धार छन । प्रधानमन्त्री कोइरालाले भावी गभर्नरकारुपमा डा. चिरञ्जीबी नेपाल, ज्ञानेन्द्र ढुंगाना र डा. विश्वम्बर प्याकुरेललाई अघि सारेका छन । कोइरालानिकट स्रोतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार तीनैजना खानदानी कांग्रेस भएकाले प्रधानमन्त्रीले उनीहरुको नाम अघि सारेका हुन ।

अर्थमन्त्री महतले भने दुई पूर्वकर्मचारी र दुई योजनाकारलाई रोजेका छन । महतले रामेश्वर खनाल, युवराज भुषाल, डा. शंकर शर्मा छन । महत विश्वम्बर प्याकुरेलप्रति पनि सकरात्मक छन । आफूले अघि सारेका उम्मेद्धारहरु आर्थिक विषय र प्रशासनमा जानकार साथै व्यवसायिक भएको अर्थमन्त्रीको दाबी छ ।

प्रधानमन्त्रीले अर्थमन्त्रीले प्रस्ताव गरेका उम्मेद्धारलाई खानदानी कांग्रेस नभएको भन्दै अस्वीकार गरेका छन भने अर्थमन्त्रीले प्रधानमन्त्रीले अघि सारेका उम्मेद्धारलाई गभर्नर बन्ने बेलै नपुगेको बताउँदै आएका छन ।

गभर्नर बन्न डेपुटी गभर्नर गोपालप्रसाद काफ्ले पनि लागि परेका छन । तर, अहिलेसम्म उनलाई अन्य उम्मेद्धारकोजस्तो राजनीतिक संरक्षण मिलेको देखिँदैन ।

यसै सन्दर्भमा आगामी गभर्नर को बन्ला ? क-कसका के कस्ता संभावना छन ? समाचार स्रोतहरुका आधारमा अनलाइनखबरले विश्लेषण गरेको छ ।

अब के होला ?

संभावना १
प्रधानमन्त्री र अर्थमन्त्री दुबैले आ-आफ्नै उम्मेद्धारलाई गभर्नर बनाउन प्रयास गर्नेछन । प्रधानमन्त्रीको उम्मेद्धारलाई अर्थमन्त्रीले अस्वीकार गर्ने र अर्थमन्त्रीको उम्मेद्धारलाई प्रधानमन्त्रीले अस्वीकार गर्ने अवस्थाको अन्त्य नभए एकै पार्टी र एकै गुटका कोइराला र महतले सहमतिबाटै गभर्नर नियुक्ति गनुपर्ने निष्कर्शमा पुग्नेछन । यो अवस्थामा अर्थशास्त्री विश्वम्बर प्याकुरेल गभर्नर बन्ने छन । प्याकुलेल गभर्नर भए प्रधानमन्त्री र अर्थमन्त्री दुवैले आफ्नो हार भएको मान्ने छैनन ।

संभावना २
आफूसँग नजिक भएकाहरुलाई बढी विश्वास गर्ने प्रवृत्ति भएका प्रधानमन्त्री कोइरालाले आफ्ना आर्थिक सल्लाहकार चिरञ्जीबी नेपाललाई गभर्नरमा नियुक्त गर्नेछन । जसमा मन नपर्दा-नपर्दै पनि अर्थमन्त्री चुप लागेर बस्नुपर्ने हुन्छ ।   यसअघि नै प्रधानमन्त्रीले नेपाललाई गभर्नर बनाउने प्रतिवद्धता गरेकोभन्दा कांग्रेस वृत्तिमा चर्चा छ ।

संभावना ३
राजनीतिक दबाबका आधारमा छानियो भने ज्ञानेन्द्र ढुंगाना आगामी गभर्नर हुनेछन । ज्ञानेन्द्र तेह्रथुम जिल्लाका कांग्रेस सभापति गोविन्द ढुंगानाका भाई हुन । पूर्वाञ्चलका सात जिल्लाका कांग्रेस सभापतिहरुले प्रधानमन्त्री र अर्थमन्त्रीलाई ज्ञानेन्द्रलाई गभर्नर नबनाए आगामी अधिवेसनमा असहयोग गर्ने चेतावनी दिइरहेका छन । त्यसैले अधिवेसनलाई हेरेर निर्णय गरियो भने ज्ञानेन्द्र गभर्नर हुनेछन ।

संभावना ४
कांग्रसवृत्तमै महतलाई अर्थतन्त्र निकै धेरै बुझेको र आर्थिक विषयमा पार्टीले गर्ने निर्णयमा उनको सुझाव सही हुने पनि बताइन्छ । त्यसैले अन्तिम समयमा प्रधानमन्त्रीले गभर्नर छान्ने जिम्मा अर्थमन्त्रीलाई नै दिन सक्नेछन । यो अवस्थामा पूर्वअर्थसचिव रामेश्वर खनाल गभर्नर बन्नेछन । त्यसो त कोइरालाले पनि खनाललाई पार्टी प्रवेस गराउँदा राम्रो जिम्मेवारी दिने प्रतिवद्धता व्यक्ति गरेका थिए ।

संभावना ५
पार्टीभित्र उपसभापति रामचन्द्र पौडेल हावी भए भने उनका सम्धी पूर्व अर्थसचिव युवराज भूषाल गभर्नर बन्नेछन । त्यसैगरी,  भूषालको अख्तियार प्रमुख लोकमानसिंह कार्की र व्यवसायी अजय सुमार्गी दुबैसँग निकै राम्रो सम्बन्ध भएको समाचार स्रोतको दबाी छ । त्यसैले लोकमानको त्रास र सुमार्गीको आसमा प्रधानमन्त्री र अर्थमन्त्री दुबै एकै ठाउँमा उभिनसक्ने संभावना पनि निकै बलियो छ । कांग्रेस महाअधिवेसनको संघारमा भएकाले आगामी अधिवेसमा महामन्त्रीका उम्मेद्धार र भावी प्रधानमन्त्रीकोरुपमा चर्चामा महतले भुषालको नाममा अडाल लिनसक्ने संभावना पनि उत्तिकै छ ।

संभावना ६
गभर्नरका लागि योजनाकार शंकर शर्माको नाम पनि चर्चामा छ । तर, उनलाई पार्टीले धेरै अवसर दिएको र अब दिन नहुने भन्दै नेता कार्यकर्ताहरुले दबाब दिइरहेका छन । शर्माप्रति अर्थमन्त्री र प्रधानमन्त्री दुबै सकरात्मक देखिएकाले शर्माले अवसर पाउने संभावना पनि छ ।

संभावना ७

अर्थमन्त्री र प्रधानमन्त्रीबीच विवाद चुलियो र पाँच गतेसम्ममा ठोस निर्णय भएन भने डेपुटी गभर्नर गोपाल काफ्ले कामू गभर्नर हुनेछन । र, सरकारले काफ्लेलाई नै पूरा कार्यकालको लागि गभर्नर बनाउन सक्नेछ । जसमा एमालेको पनि समर्थन हुनेछ ।

संभावना ८

काफ्लेलाई कामू गभर्नरको मात्रै जिम्मेवारी दियो भने पूरै कार्यकालका लागि गभर्नर नियुक्ति गर्नुपर्ने बेलामा एमालेले बखेडा भिक्न सक्छ । सत्ता समिकरणमै समस्या उत्पन्न हुनेगरी एमालेले चेतावनी दियो र एमालेसँग कांग्रेस झुक्नु पर्ने अवस्था आउँछ । त्यसबेला अहिलेका डेपुटी गभर्नर महाप्रसाद अधिकारी गभर्नर हुनेछन । अर्को महत्वपूर्ण कुरा गभर्नर नबनाउने हिसाबले एक जना एमालेको मान्छे लार्इ पनि सिफारिस गराैं न भनेर सिफारिस समितिले डेपुटी गभर्नर महाप्रसाद अधिकारीलार्इ सिफारिस गर्न सक्नेछ । यस्तो भयो भने एमालेले अाफ्नो उम्मेद्वारलार्इ गभर्नर बनाउनुपर्ने अडान राखेर प्रधानमन्त्री र अथर्मन्त्रीलार्इ तीब्र दबाब दिन सक्छ र अधिकारी गभनर्र हुन सक्छन ।

युवराजले इतिहास ब्रेक गरे

गभर्नर डा. युवराज खतिवडाले राष्ट्र बैंकको इतिहास नै ब्रेक गरेका छन । सामान्यतया यसअघिका गभर्नरहरू अाफ्नो कार्यकाल सकिनु महिनादिन अघिनै बिदा बस्थे । तर, खतिवडाले चैत पाँच गतेसम्म नै कार्यालय जाने भएका छन । उनले अहिलेसम्म बिदा बस्ने निर्णय गरिसकेका छैनन । गभर्नर बिदा नबसेको विषयलार्इ लिएर उनको केही स्थार्थ्य भएको अाशंकासमेत गरिएको छ ।

सम्बन्धित समाचारहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment