+
+

कम्पनी रजिष्टार र उद्योग विभागलाई पूर्ण डिजिटल बनाइने

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १० गते १९:१९

१० वैशाख, काठमाडौं । कम्पनी रजिष्टार कार्यालय र उद्योग विभागलाई पूर्ण अटोमेशनमा लैजाने नेपालका लागि विश्व बैंक समूह अन्तर्गतको संस्था इन्टरनेशनल फाइनान्सकर्पोरेशन (आइएफसी)सँग सैद्धान्तिक सहमति भएको छ ।

आज उद्योगमन्त्रालय उद्योगमन्त्री महेश बस्नेत र आइएफसीका आवासीय प्रतिनिधि भ्यालेन्टिनो एस बगत सिंहबीच उक्त सहमति भएको हो ।

आइएफसीले कम्पनी रजिष्टारको कार्यालयलाई पूर्णरुपमा डिजिटलाइज्ड गर्ने तथा अटोमेशनमा लैजान आइएफसीले सहयोग गदैँ आएको छ ।

उद्योगमन्त्री महेश बस्नेतले विभागलाई पनि अटोमेशनमा लैजाने प्रक्रियाका लागि आइएफसीले सहयोग गर्ने प्रतिवद्धता जनाएकोप्रति आभार व्यक्त गरे । उनले नविन प्रविधि, अनलाइन प्रणाली तथा पूर्ण अटोमेशनमा उद्योगमन्त्रालय अन्तरगतका सबै कार्यालयलाई लैजाने प्रक्रिया आफ्नै कार्यकालमा पूर्ण हुने विश्वास व्यक्त गरे ।

साथै आइएफसीका आवासीय प्रतिनिधि भ्यालेन्टिनो एस बगत सिंहले अटोमेशनमा लैजाने अभिभारा आफूहरुले पाएकोमा खुसी व्यक्त गरे ।

सो भेटमा विश्व बैंक कार्यक्रम म्यानेजर सिलिया अर्टेजाकोसमेतको समेत उपस्थिति  थियो । भेटमा मन्त्रालयका सचिव जयमुकुन्द खनाल, योजना शाखाका सहसचिव जीतबहादुर थापा, प्रवक्ता यामकुमारी खतिवडा लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?