+
+

२ दिनलाई मिल्यो सलमानलाई राहत

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २३ गते १७:१७

salman-khan
बलिउड नायक सलमान खानलाई दिइएको ५ बर्षको जेल सजायँ अहिले मुम्बइको उच्च न्यायलमा पुगेको छ । उच्च न्यायलयले सलमानलाई २ दिनका लागि भएपनि राहत दिएको छ ।

सलमानलाई मुम्बइको सेसन कोर्टले सुनाएको ५ बर्षको सजायँको पूर्ण  पाठ प्राप्त नभएकाले उनलाई २ दिनका लागि अन्तरिम जमानतमा छोडिएको हो । अब, यसको फैसला ८ तारिख अर्थात शुक्रबार मात्र हुनेछ ।

मुम्बइको उच्च न्यायलयले अन्तरिम जमानत दिएपछि सलमानलाई थोरै भएपनि राहत मिलेको छ । उनलाई ८ तारिख भन्दा अगाडि जेल जानु पर्ने छैन ।

सेसन कोर्टले ५ बर्षको सजायँ सुनाएपछि सलमान आफ्ना वकिलको साथमा उच्च न्यायलय पुगेका थिए । उच्च न्यायलमा सलमानलाई जमानतमा छाड्न आग्रह गरिएको थियो ।

सलमानलाई जमानत दिने वा नदिने भन्ने बिषयमा अब ८ तारिखमा मात्र फैसला हुनेछ । यसअघि सलमानलाई सेसन कोर्टले ५ बर्षको जेल सजायँ सुनाएपछि उनलाई अर्थरोड जेल लगिने बताइएको थियो ।

बलिउड अभिनेता सलमान खानलाई ५ बर्ष जेल सजायँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?