+
+

युवतीको हत्या गरी फाल्न लागेको अवस्थामा सिलोङ होटलकी सञ्चालिका पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १६ गते ९:२२

१६ जेठ, झापा । झापाको काँकडभिट्टास्थित सिलोङ होटलकी सञ्चालिका ४२ वर्षीया माया मुक्तानले शुक्रबारराति एक युवतीलाई हत्या गरी फाल्न लागेको अवस्थामा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको छ ।

विर्तामोड निवासी मृतक युवती २० वर्षीया मन्दिरा विक केही दिनदेखि त्यही होटलमा बस्दै आएकी थिइन् ।

हत्याको कारण थाहा हुन नसके पनि प्रहरीले हत्यामा संलग्न रहेको आशङ्कामा होटेल सञ्चालिकाका छोरा विजय तामाङ, मनोज तामाङ र काभ्रे निवासी कुमार तामाङलाई पनि राति नै पक्राउ गरिसकेको छ ।

ती युवतीलाई राति ११ बजे चाकुले घाँटी रेटेर हत्या गरी मेचीनगर नगरपालिका–१० स्थित फोहर पानी बग्ने ठाउँमा १ बजे फाल्ने क्रममा मुक्तानलाई पक्राउ गरेको प्रहरी जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?