आफ्नो बोल्ड छविको कारण चर्चामा आएकी नायिका शिल्पा शेट्टी आजवाट ४० वर्ष लागेकी छिन् । सहायक नायिकाको रुपमा बलिउडमा प्रवेश गरेकी शिल्पाको जन्म ८ जुन सन् १९७५ मा भएको थियो ।
कर्नाटकमा जन्मिएकी शिल्पा मध्यमवर्गीय परिवारकी सदस्य हुन् । पहिलो पटक शिल्पाले सन १९९३ मा साहरुख खान र काजोलको साथमा ‘बाजीगर’ मा सहायक भुमिका निर्वाह गरेकी थिईन् । त्यसपछि ‘मे खेलाडी तु अनाडी, आग, छोटे सरकार, दश, औजार, रिश्ते’ लगायत दर्जनौ फिल्ममा काम गरिन् ।
मोडलिङ, अभिनय र चलचित्र निर्माणमा सक्रिय शिल्पाले सन् २००९ मा उद्योगपति राज कुन्द्रासँग विवाह गरेकी थिईन् । अहिले उनको एकछोरा छन् भने उनले आईपीएल मा राजस्थान रोयल्स नामवाट क्रिकेट टीम खरीद गरेकी छिन् ।
चलचित्र ‘धड्कन’ वाट अत्याधिक चर्चामा आएकी शिल्पाको कुनै वेला नायक अक्षय कुमारसँग नाम जोडिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4