२७ जेठ, दाङ । पूर्व सभासद् शान्ता चौधरी उच्च मावि डाँडागाउँमा कक्षा ८ मा भर्ना भएकी छन् । पढ्ने चाहनालाई उमेरले रोक्दैन भन्दै उनी स्कुल भर्ना भएकी हुन् ।
चौधरी पूर्व कम्लहरीसमेत हुन् । ३५ वर्षीया शान्ताका श्रीमान् वैदेशिक रोजगारका सिलसिलामा खाडी मुलुकमा छन् । उनका दुई छोराछोरीमध्ये छोरा कक्षा ९ मा र छोरी कक्षा ७ मा काठमाडौँको एक निजी विद्यालयमा अध्ययनरत छन् ।
पहिलो संविधानसभामा एमालेबाट सभासद बनेपछि उनी प्राकृतिक स्रोत व्यवस्थापन समितिको संयोजक समेत बनेकी थिइन् ।
उनले ‘कम्लहरीदेखि सभासद्सम्म’ भन्ने पुस्तक प्रकाशन गरेर राष्ट्रिय पुरस्कारसमेत प्राएकी छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4