२८ भदौ, काठमाडौं । राष्ट्रिय जनावर गाई नै रहने भएको छ । जनजाति सभासदहरूले गाईलाई राष्ट्रिय जनावर बनाउन नहुने माग गर्दै आएका थिए भने एकसिंगे गैंडालाई राष्ट्रिय जनावर बनाउने प्रस्तावहरू पनि थियो ।
तर, संविधानसभाले राष्ट्रिय जनावर गाई नै रहने गरी संविधानको विधेयकको धारा नै पारित गरेको छ ।
गाईलार्इ राष्ट्रिय जनावर बनाउनुहुँदैन भन्दै संविधानको मस्यौदा विधेयकमा परेको संशोधन बहुमतले अस्वीकार गरेको छ ।
गाईलाई राष्ट्रिय जनावर बनाइनुहूँदैन भन्दै सभासद शिवलाल थापाले शंसोधन प्रस्ताव राखेको थिए । त्यस्तै सभासद अनुराधा थापामगरले एकसिंगे गैंडालाई राष्ट्रिय जनावर घोषणा गर्न प्रस्ताव गरेकी थिइन् ।
सभासद यशोदा लामाले पनि गाईलाई राष्ट्रिय जनावर बनाउन नहुने प्रस्ताव गरेकी थिइन् । त्यस्तै सभासद चित्रबहादुर केसीले पनि धारा ९ माथि संशोधनको प्रस्ताव राखेका थिए ।
राष्ट्रिय झण्डा पनि पुरानै
संविधानसभाले राष्ट्रिय झण्डा परिवर्तनको प्रस्ताव अस्वीकार गरेको छ । शिवलाल थापा, यशोदाकुमारी लामा लगायातले राष्ट्रिय झण्डा परिवर्तन गर्नु पर्ने भन्दै संशोधन राखेका थिए ।
प्रतिक्रिया 4