+
+

केन्द्र र प्रदेशलार्इ संविधानमै यसरी बाँडियो अर्थिक अधिकार

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ४ गते १३:४३

४ असोज, काठमाडौं । राजनीतिको मूख्य उद्देश्य स्वतन्त्रता र सम्मृद्धि हो । सदियौंदेखि स्वतन्त्रता र सम्मृद्धिका लागि संघर्ष गर्दै आएका नेपाली जनताले नयाँ संविधानसँगै दुबै पाएका छन् ।

कुनै राजनीतिक दल वा समूहले आफूले चाहेजस्तो कुरा नपाएका हुन सक्छन् । किनभने यो संविधान सबै राजनीतिक दलहरुबीचको सहमतिको दस्ताबेज हो । यसभित्रै विभिन्न बिचारसमूहका आकांक्षाहरु समेटिएका छन् ।

7 state
सबै राजनीतिक दलहरुको अन्तिम लक्ष्य भनेको आफ्नो देशका जनतालाई सम्वृद्धि बनाउने र खुसी राख्ने हो । सम्मृद्धिका लागि आर्थिक अधिकार र स्वतन्त्रता अपरिहार्य मानिन्छ । नयाँ संविधानले जनतालाई के कस्ता अार्थिक अधिकार र स्वतन्त्रता प्रदान गर्‍यो त ? सूचीमा हेर्नुहोस

केन्द्र

· केन्द्रीय योजना, केन्द्रीय बैंक, वित्तीय नीति, मुद्रा र बैंकिङ, मौद्रिक नीति, विदेशी अनुदान, सहयोग र ऋण
· भन्सार, अन्तस्शुल्क, मूल्य अभिवृद्धि कर, संस्थागत आयकर, व्यक्तिगत आयकर, पारिश्रमिक कर, राहदानी शुल्क, भिसा शुल्क, पर्यटन दस्तुर, सेवा शुल्क दस्तुर, दण्डजरिवाना
· अन्तरदेशीय तथा अन्तरप्रदेश विद्युत् प्रसारण लाइन
· केन्द्रीयस्तरका ठूला विद्युत्, सिँचाइ र अन्य आयोजना तथा परियोजना
· अन्तर्राष्ट्रिय व्यापार, विनिमय, बन्दरगाह, क्वारेन्टाइन
· हवाई उड्डयन, अन्तर्राष्ट्रिय विमानस्थल
· राष्ट्रिय यातायात नीति, रेल तथा राष्ट्रिय लोकमार्गको व्यवस्थापन
· बौद्धिक सम्पत्ति (पेटेन्ट, डिजाइन, प्रतिलिपि अधिकारसमेत)
· नाप तौल
· खानी उत्खनन
· बिमा नीति, धितोपत्र, सहकारी नियमन

प्रदेश

· नेपाल राष्ट्र बैंकको नीतिअनुरूप वित्तीय संस्थाहरूको सञ्चालन, सहकारी संस्था, केन्द्रको सहमतिमा वैदेशिक अनुदान र सहयोग
· घरजग्गा रजिस्ट्रेसन शुल्क, सवारीसाधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन, कृषि आयमा कर, सेवा शुल्क दस्तुर, दण्डजरिवाना
· प्रदेशस्तरका विद्युत्, सिँचाइ र खानेपानी सेवा, परिवहन
· प्रदेशभित्रको व्यापार
· प्रदेश लोकमार्ग
· कृषि तथा पशु विकास, कलकारखाना, औद्योगीकरण, व्यापार व्यवसाय, यातायात

स्थानीय

· सहकारी संस्था
· स्थानीय कर ९सम्पत्ति, घरबहाल कर, घरजग्गा रजिस्ट्रेसन शुल्क, सवारीसाधन कर०, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर ९मालपोत, दण्डजरिवाना, मनोरञ्जन कर
· स्थानीयस्तरका विकास आयोजना तथा परियोजना
· स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता
· स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिँचाइ
· कृषि तथा पशुपालन, कषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी
· खानेपानी, साना जलविद्युत् आयोजना ९वैकल्पिक ऊर्जा)

संघ र प्रदेश साझा

· आवश्यक वस्तु तथा सेवाको आपूर्ति, वितरण, मूल्य नियन्त्रण, गुणस्तर र अनुगमन
· सामाजिक सुरक्षा र रोजगारी, ट्रेड युनियन, औद्योगिक विवादको समाधान, श्रमिकका हक, अधिकार र विवाद सम्बन्धी कार्य
· उद्योग तथा खनिज र भौतिक पूर्वाधार
· क्यासिनो, चिट्ठा
· पर्यटन, खानेपानी तथा सरसफाइ
· चलचित्र, सिनेमा हल, खेलकुद
· बिमा व्यवसाय सञ्चालन र व्यवस्थापन
· गरिबी निवारण र औद्योगीकरण
· अन्तरप्रादेशिक रूपमा फैलिएको जंगल, हिमाल, वन संरक्षण क्षेत्र जल उपयोग
· रोजगारी र बेरोजगार सहायता

संघ, प्रदेश र स्थानीय साझा

· सहकारी
· कृषि
· विद्युत्, खानेपानी, सिँचाइजस्ता सेवाहरू सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क
· खानी तथा खनिज
· सामाजिक सुरक्षा र गरिबी निवारण
· प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी
· सवारीसाधन अनुमति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?