१२ असोज, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले लगतारको बन्द हड्तालबाट मुलुकको आर्थिक अवस्था धराशायी भई उद्यागी व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको बताएको छ । चेम्बरले आन्दोलनरत दल, सरकार र सम्पूर्ण राजनीतिक दलहरुलाई वार्ता र संवादका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ ।
विगत केही समयदेखि भन्सार नाका ठप्प भएको बताउँदै चेम्बरले आयातमा लाग्ने डेमरेज शुल्क, डिटेन्शन शुल्क र बैंकको ब्याज मिनाहा गर्न पनि चेम्बरको आग्रह छ । ‘करिव डेढ महिनादेखि तराई लगायतका भागमा भागमा भइहेको आन्दोलन र बन्द-हडतालले सबैभन्दा बढी उद्यमी व्यवासायी मारमा परेका छन्’ चेम्बरद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
संविधान निर्माणपश्चात लामो समयदेखिको राजनीतिक संक्रमणकाल समाप्त भई मुलुकमा तिव्र आर्थिक विकास हुने निजी क्षेत्रको अपेक्षा विपरित पुनः राजनैतिक गतिरोध बढ्दा निजी क्षेत्र थप पिडित भएको चेम्बरको गुनासो छ ।
पेट्रोलियम पदार्थ लगायत अति आवश्यकीय बस्तुहरुको अभावले सामान्य जन-जीवन समेत कष्टकर भएको बताउँदै चेम्बरले चाडपर्व नजिक आउँदासम्म बन्द हडताल जारी रहनुले सर्वसाधारण समेत अन्यौल भएको बताएको छ ।
प्रतिक्रिया 4