+
+

घरबार बेचेर, जागिर छाडेर दुनिया घुम्न निस्केको जोडी (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २७ गते १०:१०

Couple8विश्वभर घुम्ने आफ्नो सपना पूरा गर्नका लागि न्युजिल्याण्डका एक दम्पतीले आफ्नो घर नै बेचेका छन् र जागिर नै छाडेका छन् । २९ वर्षकी चार्ली स्मिथ र उनका पार्टनर ३४ वर्षका क्याटेनले डुंगाबाट दुनिया चहार्ने लक्ष्य लिएका छन् ।

यसअघि कहिल्यैपनि डुंगा तथा सामुद्रिक जहाज नचढेको यो जोडी गत मे देखि जलयात्रामा निस्किएको हो । घरबार त्यागेर जर्सीस्थित आफ्नो घरबाट निस्केको यो जोडीले अहिलेसम्म भुमध्यसागरको पश्चिमी भाग, फ्रान्स, स्पेन, इटाली, इल्बा, क्रोसिस्का, सार्डिनिया तथा ब्यालेरिक टापु लगायतको भ्रमण गरिसकेको छ ।

यो जोडीले अहिलेसम्म बिहे भने गरिसकेको छैन अर्थात् लोग्नेस्वास्नी भैसकेका छैनन् । उनीहरु आफ्नो बिहेलाई समेत थाँती राखेर नयाँ जिन्दगी सुरु गर्ने फैसला गरे ।

Couple2

डुंगा तथा जहाजबाट उनीहरुले समुद्रको यात्रा गरिरहेका छन् अनि किनारामा निस्केर सहर पनि घुम्छन् । फुर्सदको समयमा किताब पढ्ने तथा गित सुन्ने गर्छन् । खानपिनमा पूरै ध्यान दिएका छन् र सँगै एउटा सानो किचेन नै बोकेर हिँड्छन् ।

आफुले घण्टौँसम्म लगातार डुंगा चलाउन सक्ने क्याप्टेन बताउँछन् । उनी पहिले एक आर्किटेक्ट डिजाइनर थिए । जबकी चार्ली मौसम विभागमा काम गर्थिन् ।

यो जोडीको रोमान्चक यात्राका केही दृश्यहरु

Couple1

Couple3

Couple4

Couple5

Couple6

Couple7

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?