८ पुस, काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पार्टी छाडेर मधेस आउन आग्रह गर्दै कांग्रेस, एमाले र एमाओवादीका सांसदहरुलाई पत्र पठाएका छन् ।
मधेसी मोर्चाका नेता महतोले प्रमुख तीन दलका तराई मधेसबाट प्रतिनिधित्व गर्ने संसदहरुलाई पत्र पठाएका हुन् । ‘झण्डै १५० सांसदहरुलाई पत्र पठाएको छु’ वीरगञ्जमा रहेका महतोले अनलाइनखबरसँग भने ।
पार्टीमा रहेका आन्दोलनमा संलग्न हुन अफ्ठ्यारो भएकाले पार्टी छाडेर मधेस आन्दोलनमा आउन आग्रह गरिएको उनले बताए । ‘यो समय पार्टीको परिधिमा बााधी रहने होइन । काठमाडौंमा बस्ने होएन’ पत्रमा भनिएको छ-‘यो समय जनताको बीचमा आएर उनको आवाज बुलन्द पार्ने हो ।’
हिन्दीमा लेखिएको तीन पेजको पत्रमा ११ बुादे माग पुरा नभएसम्म पछि नहट्ने उल्लेख छ ।
यसअघि वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा मधेसका विषयमा सरकारले दोहोरो चरित्र देखाएको आरोप लगाए । साथै उनले सीमांकन बटमलाइन भएको भन्दै त्यसमा सहमति नभएसम्म आन्दोलन नरोक्ने बताए ।
प्रतिक्रिया 4