+
+

शुक्रबारको टप १० समाचारः नेपाल-चीन सम्झौतादेखि प्राधिकरणको सीइओसम्म

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १० गते २३:४५

आज बिहीबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?

१. नेपाल र चीनबीच ८ बुँदे सहमतिः पेट्रोल र ग्यासको दीर्घकालीन व्यापार गर्ने

Nepal-and-China

नेपाल र चीनबीच पेट्रोल र ग्यासको दीर्घकालीन व्यापार गर्नेसहितका ८ बुँदे सहमति भएको छ ।उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा र नेपाल र चीनका विदेशमन्त्री वाङ यीबीच बेइजिङमा शुक्रबार भएको भेटमा यस्तो सहमति भएको हो ।

 २. पुनर्निर्माण प्राधिकरणको सीइओमा सुशील ज्ञवाली नियुक्त 

सरकारले पुनर्निर्माण प्राधिकरणको कार्यकारी अधिकृत सीईओमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।मन्त्रिपरिषदको शुक्रबार साँझ बसेको बैठकले पाल्पाका ज्ञवालीलाई प्राधिकरणको सीइओ नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन रार्इले जानकारी दिए ।

३. प्रधानमन्त्रीले फेरि दुई मन्त्रालय फुटाए

सरकारले फेरि दुई मन्त्रालय फुटाएको छ । मन्त्रालय घटाउन सुधार प्रशासन सुधार आयोगले दिएको सुझाव विपरित सरकारले लगातार मन्त्रालय फुटाउने निर्णय गरेको हो ।

४. बधाइ आएपछि बल्ल राज्यमन्त्री बनेको आशंका !

तपाई बाटोमा हिँडिरहनुभएको छ र कसैले एक्कासी फोन गरेर ‘बधाइ छ है’ भन्यो भने तपाईको प्रश्न हुनेछ, ‘केको वधाइ हौ ? विहीबार बेलुका एमाले सांसद दिनेश यादवलाई यस्तै आपत आइलाग्यो । 

५. क्रिसमसमा यसरी रमायो काठमाडौं ! (फोटो फिचर)

नेपाली समाज बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक छ । र, हाम्रो समाजले एक अर्काको धर्म र संस्कृतिलाई सहजरुपमा आत्मसाथ समेत गर्दै आएको छ । 

६. बाबुरामले मधेसी मोर्चालाई भने-सीमांकन हेरफेर नभई आन्दोलन फिर्ता नलिनुस् 

नयाँ शक्ति निर्माण अभियानका संयोजक डा. बाबुराम भट्टराईले प्रदेशको सीमांकन हेरफेर नभएसम्म आन्दोलन फिर्ता नलिन मधेसी मोर्चाका नेताहरुसँग आग्रह गरेका छन् ।पूर्वप्रधानमन्त्री डा. भट्टराईले शुक्रबार अपरान्ह नागरिक समाजका अगुवा र मधेसका केही बुद्धिजीविसहित मोर्चाका नेताहरुको बैठक राखेका थिए ।

७. उदितको उक्साहटमा सुरु भएको थियो नायिका उषा पौडेलको मुम्बई सपना 

उषा पौडेल यतिबेला काठमाडौंमा छिन् । गुपचुप । अस्ति भर्खर एउटा अवार्ड कार्यक्रममा झुलुक्क झुल्किइन् । उनलाई देख्नेहरुले आँखा तन्काउँदै सोधे, ‘आम्मोई, तिमी यतै छौ ?’

८. यसरी बन्दैछन्- मोबाइल र फेसबुक चेलीबेटी बेचबिखनका माध्यम

रामेछापको उत्तरपूर्वी एक गाउँकी २६ वर्षीया युवती फेसबुकमा भेटिएर फेसबुकमै हराएका आफ्ना प्रेमी खोजी पाउँ भन्दै केही दिन अघि प्रहरीको अपराध महाशाखामा पुगिन् ।साइबर अपराध हेर्ने शाखाका प्रहरीले उनका फेसबुके प्रेमी खोज्न धेरै प्रयास गरे ।

९. दीपालार्इ भेट्नुअघि फिस्टेसँग खेल्थे दीपकराज

अहिले टेलिश्रृङ्खला ‘तीतो सत्य’ प्रशारण बन्द छ । टेलिभिजनबाट यसको प्रशारण रोकिए पनि चर्चा-परिचर्चा रोकिएको छैन । तीतोसत्य भन्नासाथै सबैले सम्झिन्छन्, दीपकराज गिरी र दीपाश्री निरौलालाई ।

१०. अमेरिकाबाट फर्किनासाथ गौरीले यसरी पड्काइन् प्रधानमन्त्री’ 

अमेरिकाबाट एक वर्षअघि फर्किएकी गौरी मल्ललाई एकाएक ‘प्रधानमन्त्री’ बन्ने अफर आयो । नेपालको प्रथम महिला प्रधानमन्त्री । जीवनमा कहिल्यै राजनीतिमा लाग्छु भन्ने नसोचेकी, प्रधानमन्त्री बनेर देश हाँक्ने त कल्पनै नगरेकी गौरी यस्तो अफरले हल्का तनावमा परिन् ।

र, यो पनि

आयो फलफूलको बासना आउने सुगन्धित गिलास, अब पेटभरी पिउन सकिन्छ पानी 

उद्घोषकको गल्तीका कारण ४५ सेकेण्डका लागि यो वर्षको मिस युनिभर्स अर्थात् ब्रम्हाण्ड सुन्दरी बन्न सफल भएकी कोलम्बियाली सुन्दरीले पोर्न फिल्म खेल्नका लागि अफर प्राप्त गरेकी छिन् ।चर्चित पोर्न फिल्म निर्माता कम्पनी भिभिड इन्टरटेनमेन्टले उनलाई पोर्न फिल्म खेल्नका लागि झण्डै साढे १० करोड रुपैयाँको अफर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?