+
+

विकल्पविना ओली सरकार ढल्दैन: नारायणकाजी

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ११ गते १:३४

Narayan-Kaji-Shrestha११ पुस, काठमाडौं । एमाओवादी नेता नारायणकाजी श्रेष्ठले भरपर्दो विकल्प नभएसम्म अहिलेको सरकार नढल्ने बताएका छन् ।

विराटनगरस्थित एमाओवादीको पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरागर्दै श्रेष्ठले सरकार ढाल्ने पक्षमा एमाओवादी नरहेको भन्दै अहिलेको सरकारको कामप्रति भने असन्तुष्टि रहेको बताए ।

सरकारका लागि सरकार नभई जनताका लागि सरकार बन्नुपर्ने उनले बताए । वर्तमान सरकारको कार्यशैली चित्तबुझ्दो नभएको भन्दै उनले सरकारको यस्तै रबैया जारी रहे सरकार ढाल्न १०० दिन पनि कुर्न नसक्ने बताए ।

मधेस आन्दोलन चाँडै हल हुने भन्दै श्रेष्ठले तराई आन्दोलनमा भारत गलतरुपमा प्रवेश गरेको बताए । यो आन्दोलन मधेसी मोर्चाका नेताको महत्वकांक्षाका कारण आन्दोलन लम्बिएको बताए ।

यसैवीच वनमन्त्रीसमेत रहेका माओवादी नेता अग्निप्रसाद सापकोटाले एमाओवादीले सरकार नढाल्ने बताएका छन् ।
चितवनमा हात्ती महोत्सवको उदघाटन गर्न पुगेका मन्त्री सापकोटाले आफ्नो पार्टीको सरकार ढलाउने कुनै रणनीति नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?