+
+

के बिग्रदै छ कुणाल र सोहा अलीको सम्बन्ध ?

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ३ गते १४:३८

soha and kunal
बलिउडमा अविवाहित जोडीको सम्बन्ध टुट्नु नयाँ कुरा होइन । तर, विवाहित जोडीको सम्बन्ध समेत यो बर्ष धमाधम टुटेको खबर सार्वजनिक भैरहेको छ । यसैविचमा, एक जोडीको सम्बन्धमा पनि खटपट सुरु भएको खबर सार्वजनिक भएको छ ।

एक बर्ष अगाडि मात्र बिहे बन्धनमा बाँधिएका नायक कुणाल खेमु र नायिका सोहा अली खानको बैबाबिह जीवनमा पनि खटपट सुरु भएको खबर सार्वजनिक भएको छ । ३७ बर्षकी सोहा र ३२ बर्षका कुणालको जीवनमा खटपट हुनुको कारण कुनै तेश्रो यूवतीको प्रवेश भने होइन ।

कुणाल बाबु बन्न चाहन्छन् । तर, सोना अझै केही बर्ष चलचित्रमा अभिनय गरेर मात्र आमा बन्ने सोचमा छिन् । कुणालको परिवार पनि यो जोडीले बच्चालाई जन्म दिनुपर्छ भन्ने तर्क राख्छन् । यही बिषयमा सोहा र कुणालको कुरा नमिलेपछि यी दुइविच खटपट सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?