१२ वैशाख, टीकापुर । कैलालीको टीकापुर बजारमा आइतबार दिउँसो आगलागी भएको छ । माथिल्लो बसपार्कस्थित बाजुरा होटलबाट आगो शुरु भएको थियो ।

तीब्र गतिमा चलेको हावाहुरीका कारण फुसले छाएका होटेलहरुमा आगो फैलिएको थियो । आगलागीबाट बाजुरा होटल र बजगाईं होटल पूर्णरुपमा जलेका छन् । ठकुल्ला किराना पसल पनि जलेको प्रहरीले जनाएको छ ।
सन्तोष सेकुवा, न्यू भिजन कटेज, न्यु कमल बाकस उद्योगमा सामान्य क्षति भएको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ । आगलागीबाट झण्डै ९ लाख रुपैयाँ बराबरको क्षति भएकोे प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
आगलागी कसरी सुरु भयो भन्नेबारे एकिन हुन सकेको छैन । स्थानीय, टीकापुर नगरपालिका र सुरक्षाकर्मीको पहलमा आगो निभाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4