१३ वैशाख, काठमाडौं । सरकारले ३ सय ८६ गाविसका घर बनाउने अनुदान पाउन योग्य भूकम्पपीडितको नामावली जिल्लामा पठाएको छ । ११ जिल्लाका विभिन्न गाविसका पीडित परिवारको सूची प्रकाशनका लागि जिल्लामा पुगेको हो ।
भूकम्प गएको एक वर्षपछि पीडित परिवारको सूची सार्वजनिक गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अन्तिम तयारी थालेको हो । यो सूचीमा परेकाले मात्रै घर बनाउन २ लाख रुपैयाँ अनुदान पाउने छन् ।
केन्द्रिय तथ्याङ्क विभागले संकलन गरेको विस्तृत क्षतिबारेको लगतका आधारमा तयार भएका पीडितको सूची जिल्लामा पठाइएको छ । अब सम्बन्धित गाविसहरुमा पीडितको सूची प्रकाशन गरिने प्राधिकरणले जनाएको छ ।
सरकारले ओखलढुंगामा १५ हजार, सिन्धुलीमा २१ हजार र रामेछापमा ३० हजार पीडितको पहिचान सकेको छ ।
यस्तै दोलखामा ४९ हजार, सिन्धुपाल्चोकमा ३५ हजार, काभ्रेमा ४० हजार, नुवाकोटमा ३८ हजार, र रसुवामा ५ हजार पीडितको पहिचान गरेको छ । यसैगरी धादिङमा २३ हजार मकवानपुरमा ७ हजार, र गोरामा ३४ हजार भूकम्पपीडिको पहिचान भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरमा भूकम्पपीडित परिवारको पहिचानका लागि अझै काम सुरु हुन सकेको छैन । अहिले सर्वे भइरहेका जिल्लाका पनि सबै गाविसमा काम सकिएको छैन । पीडितको पहिचानमै ढिलाइ भएपछि अबको बर्षायाममा पनि निजी आवसर निर्माणले गति नलिने देखिएको छ ।
कुन जिल्लामा कति पीडितको पहिचान भयो ?
क्र.स. |
जिल्ला | पहिचान भएका घरधनि |
---|---|---|
१ | ओखलढुङ्गा | १५००५ |
२ | सिन्धुली | २१११४ |
३ | रामेछाप | ३०५१९ |
४ | दोलखा | ४९७५१ |
५ | सिन्धुपाल्चोक | ३५३०८ |
६ | काभ्रे | ४०२६४ |
७ | नुवाकोट | ३८२३५ |
८ | रसुवा | ५४१७ |
९ | धादिङ | २३४४० |
१० | मकवानपुर | ७४१२ |
११ | गोर्खा | ३४४९६ |
प्रतिक्रिया 4