७ जेठ, काठमाडौं । जगदम्बा मोटर्सले टिभिएस जेष्ट स्कुटर नेपाली बजारमा भित्राएको छ । ट्रेन्डि लुक भएको जेष्ट कुनै पनि भौगोलिक क्षेत्र तथा दूरी, थप माइलेज र सुरक्षाका साथ सजिलै पार गर्न सकिने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार जेष्टको डिजाइन महिलामैत्री रहेको छ । यसको हाई इन्टेनसिटी क्रिष्टल एलइडी टेल ल्याम्पले पछाडि छोडिएका बाइक चालकलाई मन्त्रमुग्ध बनाउने कम्पनीको दाबी छ । यसमा रहेको ११० सीसी क्षमताको इञ्जिनले लामो दूरि पनि विना कुनै समस्या सजिलै पार गराउने छ ।
यसको पिकअप आफ्ना प्रतिस्पर्धी मध्येे सबैभन्द द्रुत गतिको रहेको छ । यो एकदमै भरपर्दो र इन्धन किफायति भएकाले आफुले चाहेको कुनैपनि लामो दूरिको यात्रा सजिलै पार गर्न सकिन्छ ।
अगाडि र पछाडि रहेका एन्टी स्किड ट्युवलेस टायरले स्कुटरलाई थप गि्रप दिनुका साथै पञ्चर हुने समस्याबाट पनि मुक्ति दिलाउँछ । जेष्ट टेरिफिक टर्कवेज, पावरफुल पिंक, डाइनामिक ब्ल्याक, फियरी रेड र डेरिङ ब्ल्याक गरी ५ आकर्षक रङहरुमा उपलब्ध छ ।
टिभिएस जेष्टको मूल्य नेपाली बजरामा १ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया 4