
९ जेठ, काठमाडौं । सवारी साधन दुर्घटनामा मृत्यु भएका यात्रुका आफन्तले पाउने रकम अब ५ गुणा बढ्ने भएको छ ।
बिमा समितिले यात्रु बिमाको बिमांक रकम बढाएर ५ लाख रुपैयाँ बनाउने तयारी भइरहेको जनाएको आजको कारोबार दैनिकमा समाचार छ ।
सवारी साधनभित्रै रहेका यात्रुलाई पनि तेस्रो पक्ष बनाएर झुटो दावी आने क्रम बढ्दै गएपछि यस्तो व्यवस्था गर्न लागीएको हो ।
हालको व्यवस्थाअनुसार यात्रु बिमाको बिमांक रकम १ लाख रुपैयाँ मात्रै छ ।
जसअनुसार सवारी साधन दुर्घटना हुँदा यात्रुको मृत्यु भएको अवस्थामा निजका आफन्तले १ लाख रुपैयाँ प्राप्त गर्छन् ।
त्यस्तै घाइते भएको अवस्थामा उपचार सवारी साधनको ठक्करले तेस्रो पक्षको मृत्यु भएको अवस्थामा भने निजका आफन्तले पाँच लाख रुपैयाँ प्राप्त गर्छन् । घाइते भएको अवस्थामा भने २ लाख प्राप्त गर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4