११ जेठ, जनकपुर । जनकपुरको लइमीनियाामा बस र ट्रिपर एक अापसमा ठोकिदा १४ जना घाइते भएका छन् ।
जनकपुरबाट काठमाडौ तर्फ जाँदै गरेको ना ४ ख ८६०८ नम्बरको बस र महेन्द्रनगरबाट जनकपुर तर्फ आउदै गरेको ना ३ ख ९६१९ नम्बरको ट्रिपर एक आपसमा ठोकिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
धनुषाका प्रहरी नायब नीरिक्षक नकुल पोखरेलका अनुसार टि्रपरका चालकको अवस्था चिन्ताजन छ । बस चालक अझ फरार छन् । बसमा सवार घाइते यात्रुहरुलाई प्रहरीको सहयोगमा जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।
टि्रपरका कारण पछिल्लो समय जनकपुर – ढल्केवर राजमार्ग खण्डमा सवारी दुर्घटना बढेको छ । कटिपय ट्रिपर चालकहरु चालकले अनुमति पत्र विनानै चलाउँदा दुर्घटना बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4