
१२ जेठ, नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैंडाकोट नगरपालिका ११ हर्कपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
बा २ क ११३७ नम्बरको मिनि ट्रक बुधवार विहान ५ बजे दुर्घटनामा परेको थियो । रुखमा ठोकिएर भएको दुर्घटनामा २ जनाको घटना स्थलमा र अन्य दुर्इकाे उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी हवल्दार कमल कुवरले जानकारी दिए । उनीहरुको सनाखत भएको छैन । अन्य १६ जना घाइते भएका छन् ।
घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मिनी ट्रकमा चालक सहित १८ जना सवार थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4