+
+

सरकारको नेतृत्व काँग्रेसले लिए सहमति जुट्छः महत

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २९ गते १०:२४

२९ जेठ, चितवन । नेपाल काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले राष्ट्रिय सहमतिको सरकार गठन गरेर विद्यमान समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

prakash-sharan-mahatप्रेस युनियन चितवनले आज  आयोजना गरेको पत्रकार सम्मेलनमा उनले , “वर्तमान सरकारले जनताका समस्या सम्बोधन गर्न सक्दैन, जतिसक्दो छिटो सहमतिको सरकार गठन गर्नुपर्छ ।”

वर्तमान सरकारले मधेसीलगायतका दलको समर्थन पाउन नसक्ने दावी गर्दै उनले  सहमतिको सरकार नेतृत्व काँग्रेसले लिएमा सहमति जुट्ने पनि बताए ।

भूकम्प प्रभावितका नाममा गैरसरकारी संस्था परिचालन गर्न खोज्नु भूकम्प प्रभावितका नाउँमा गरिएको राजनीति भएको नेता महतले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?