+
+

एसएलसीको रिजल्ट आज सार्वजनिक हुने, यसरी हेर्नुस् रिजल्ट

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २ गते १०:४०

slc 2072 (19)२ असार, काठमाडाैं । प्रवेशिका परीक्षा (एसएलसी)को नतिजा अाज सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले परीक्षाफल सार्वजनिकको सबै तयारी पुरा भइसकेको जनाएको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले नतिजा बिहीबार दिउँसो २ बजेसम्म परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको बताए । नतिजा विगतको जस्तो फेल, पास र श्रेणी छुट्याएर आउने छैन ।

विद्यार्थीको सिकाई कुन समूहमा छ भनेर बर्गिकरण गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयले ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डी प्लस, डी र ई समूहमा छुट्याएर नतिजा सार्वजनिक गर्दैछ ।

२०७२ चैत १८ गतेदेखि २९ गतेसम्म एसएलसी परीक्षा चलेको थियो । देशभर १ हजार ४ सय ४३ परीक्षा केन्द्रबाट जम्मा ६ लाख १५ हजार ५ सय ५३ विद्यार्थी एसएलसीमा सहभागी भएका थिए ।

कसरी हेर्ने रिजल्ट ? 

एसएलसी रिजल्टका लागि परिक्षा नियन्त्रण कार्यालय नेपाल टेलिकमसहित बिभिन्न सेवा प्रदायकसाग सम्झौता गरेको छ । बिभिन्न अनलाइन र एसएमएस सर्भिसमार्फत् पनि नतिजा थाहा पाउन सकिने छ ।

यसका लागि वेबसाइट www.moe.gov.np, wwww.doe.gov.np, www.soce.gov.np, www.slcresult.soce.gov.np, www.slc.ntc.net.np, नेपाल टेलिकमको CDMA, Postpaid, prepaid मार्फत १६०० नं डायल गरी प्राप्त सन्देशअनुसार नतिजा प्राप्त गर्न सकिने छ । त्यसैगरी SMs बाट नजिता थाहा पाउन PQm\N, CDMA, Postpaid, prepaid मोबाइलको मेसेज बक्समा गएर slc space सिम्बोल नं र अल्फाबेट टाइप गरी १६०० एसएमएस पठाउन सकिनेछ ।

त्यसैगरी सवैभन्दा पुरानो एसएलसी नतिजासम्बन्धी एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसबाट सेवा लिनका लागि SLC टाइप गरी स्पेश दिएर आफ्नो सिम्बोल नम्बर टाइप गरी ३५००१ मा पठाउन सकिने छ । यसैगरी स्प्यारोको एन्ड्रोइड एपमार्फत् पनि रिजल्ट थाहा पाउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?