+
+

जर्मन प्रशिक्षक लोले असभ्य व्यवहारका लागि माफी मागे

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २ गते १४:२०

JOACHIM LOW

विश्वबिजेता टोली जर्मनीका प्रशिक्षक जोचिम लो ले युक्रेनबिरुद्धको खेलका क्रममा गरेको लाजमर्दो व्यवहारका लागि माफी मागेका छन् ।

गत आइतबार राति युक्रेनसँगको खेलका क्रममा प्रशिक्षक लो ले हातलाई ट्राउजरभित्र लगेको र सुँघ्दै गरेको दृश्य टेलिभिजनले प्रशारण गरेका थिए । उनको त्यस असभ्य व्यबहारको खुवै आलोचना भएको थियो ।

उनले आजहुने पोल्याण्डबिरुद्धको खेलका लागि हिजो भएको पत्रकार सम्मेलनका क्रममा आफ्नो त्यस्तो हर्कतका लागि माफी मागेका हुन् । पत्रकार सम्मेलनमा उनले भने कि मलाई केहि थाहा थिएन, जव भोलिपल्ट मैले केहि तस्वीरहरु देखेँ त्यसपछि आफैप्रति लाज लागेर आयो । मैले नजानिदो तरिकाले यस्तो गरेको थिएँ, म अलग ढंगले व्यवहार गर्ने प्रयास गरिरहेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?