+
+

म सलमानको असली प्रशंसक: आमिर

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ४ गते १२:२५

aamir khanमुम्बई । एक अर्काका प्रतिस्पर्धी मानिन्छन् बलिउडका तिन खान । कुनै समय बोलचाल समेत बन्द गरेका तिन खान पछिल्लो केहि समय यता भने एक अर्काको प्रशंसामा रमाउन थालेका छन् ।

मुम्बईमा आयोजित एक कार्यक्रममा आमिर खानले आफू सलमान खानको प्रसंसक रहेको भन्दै बलिउडको असली बडिबिल्डर सलमान नै भएको टिप्पणी गरे ।

‘अन्दाज अपना अपनामा सलमान मेरा सहकलाकार थिए, सोही फिल्ममा काम गर्दा म उनको प्रसंसक भएको थिँए ।’ आमिरले संवाददातासंग कुरा गर्दै भने ।

पछिल्लो समय सलमान र आमिर अभिनित फिल्मको विषय एउटै रहेको चर्चा छ बलिउडमा । आमिर अभिनित दंगल र सलमान अभिनित सुल्तानको परिवेश एउटै भएको चर्चा छ । यस विषयमा आमिरले कुनै टिप्पणी गरेनन् । उनले यत्ति भने ‘म सलमानको असली प्रसंसक हुँ ।’

हिन्दी फिल्म उद्योगमा कोही पहलमान छ भने सलमान नै हो भन्दै आमिरले उनको फिटनेशको प्रसंसा गरे । साथै उनले सलमानको सुल्तान हेर्न उत्साहित रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?