+
+

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध

रासस रासस
२०७३ असार ९ गते ९:०२

Muglin-Narayangadh९ असार, चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत चन्डिभञ्याङ–६ स्थित सडकमा खसेको पहिरोका कारण गएको ९ घन्टादेखि सडक अवरुद्ध हुन पुगेको छ ।

उक्त सडकको चार किलो र पाँच किलोको बीचमा राति ९ बजे खसेको पहिरोका कारण सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अहिले दुईतर्फबाट दुईवटा डोजरको सहायतामा पहिरो पन्छाउने क्रम जारी रहेको छ ।

सडक बन्द हुँदा बीच बाटोमै गाडीको लामो लाइन रहेको जनाइएको छ । बाटो खुल्न अझै केही घन्टा लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त सडक दैनिक अवरुद्ध हुन थालेको छ ।

यसअघि मङ्गलबार र बुधबार पनि पटकपटक पहिरो खसेर उक्त सडक अवरुद्ध हुँदा यात्रु प्रभावित भएका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?