+
+

सहरका ७० प्रतिशत घरधनी तिर्दैनन् घरजग्गा कर

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ६ गते ६:२०

६ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले ७० प्रतिशत घरधनीले अहिलेसम्म घरजग्गा कर  नबुझाएको उल्लेख गरेको छ ।

Kathmandu-Metropolition-Cityस्थानीय निकायले घरजग्गा कर उठाउन थालेको करिब १६ वर्ष पुग्दा महानगरपालिकामा ३० प्रतिशत घरधनी मात्रै करको दायरामा आएको देखिएको छ ।

गत आर्थिक वर्ष २०७२/७३को जेठ मसान्तसम्ममा ७५ हजार ७ सय ७९ घरधनीले घरजग्ग्ाा कर बुझाएका थिए । गत अघिल्लो आर्थिक वर्ष २०७१/७२ मा ७६ हजा ४ सय ३७ घरधनीले धरजग्गा कर बुझाएको उल्लेख छ ।

तर, नक्सा पासको रेकर्डका हिसावले हाल महानगरपालिकाभित्र २ लाख ५४ हजारभन्दा बढी घर तथा भवन रहेको आजको राजधानी दैनिकमा समाचार छ ।

जसमध्ये गत आर्थिक वर्ष भूकम्पका कारण घर कोल्याप्स हुँदा करिब ५ हजार पुराना नियमित घरजग्गा करदाता घटेका थिए । त्यस्तै महानगरपालिकाभित्रका करिब ३ हजार घर तता भवनलाई कर नलाग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?