+
+

जवर्जस्ती धर्म परिवर्तन गर्न लगाएर मानव मलमुत्र खुवाइयो

दीपक शर्मा दीपक शर्मा
२०७३ साउन ७ गते १२:५६

७ साउन, सल्यान । धर्मका नाममा हुने अत्याचार र अन्धविश्वासको चरम नमूना मध्यपश्चिमको सल्यानमा सार्वजनिक भएको छ । यहाँ बिरामी निको हुन्छ भन्दै धर्म परिवर्तन गर्न लगाएर बोक्सीको आरोपमा आफ्नै मलमुत्र खुवाउने पाँचजनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

Mahila-Himsaगत जेठ २३ गते सल्यान कुपिण्डे गाविसकी २१ बर्षीया बिरामी दलित युवतीलाई बोक्सीको अरोप लगाएर मानव मलमुत्र खुवाइएको छ ।

आफुलाई क्रिष्चियन धर्मावलम्वी बताउने ५ जनाको समूहले क्रिष्चियन धर्म अपनाए रोग निको हुन्छ भन्दै घरबाट जंगलमा लगेर सिस्नुपानी लगाएर मलमुत्र खुवाएको प्रहरीको भनाई छ । उजुरीका आधारमा ५ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

पक्राउ पर्नेमा सोहि गाविस निवासी २९ बर्षीय रुपलाल परियार, ३५ बर्षीया गंगा परियार, २१ बर्षीया रुपा थापा, ३३ बर्षीया पातली भन्ने पिम्कली बुढाथोकी र वडा न. ५ बस्ने ४५ बर्षीया लली पुन रहेको सल्यानका प्रहरी प्रमुख डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।

‘वि|mस्च्यीयन धर्ममा लागेमा रोग निको हुन्छ भन्दै जेठ २२ गते समुएल मण्डलीमा लगेछन्, डिएसपी खत्रीले भनेे ‘२३ गते राति काफलनेटी जंगलमा लगेर तिमी बोक्सी हौ, तिम्रो बोक्सीभूत हामी ठीक पार्छौ भन्दै मुख, जिब्रो र शरिरका विभिन्न भागमा सिस्नो पानी लगाएर दिसा गर्न लगाई खुवाएछन् ।’

शारिरिक यातना र दिशा खुवाएपछि पिडित परियारको मानसिक सन्तुलन विगि्रएको बुवा शित्तल परियारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?