Comments Add Comment

यी सोह्र वर्षे किशोरलाई देख्ने जो कोहीले जिब्रो टोक्छ

Bhupinder Singhप्रकृतिले पनि केही मानिसहरुमाथि यस्तो खेलवाड गरिदिन्छ की उनीहरुको हालत नै देखि नसक्नुको हुन्छ ।

त्यस्ता असामान्य मानिसहरुलाई देख्दा तमाम दुखपीडाले घेरिएपनि जिउ सद्दे भएकोमा आफूलाई दुनियाकै सुखी मानिस ठान्न बाध्य होइन्छ कहिलेकाहीँ । भारतका एक १६ वर्षीय किशोर भुपिन्दर सिंहको अवस्था यति भयावह छ की उनलाई देख्ने जो कोही जिब्रो टोक्न बाध्य हुन्छ ।

भुपिन्दर जन्मिँदै उनको दाहिने आँखाको छेउँमा एउटा ट्युमर थियो । समयसँगै त्यो ट्युमर डरलाग्दो गरी बढ्दै गयो र विस्तारै अनुहारलाई नै ढाक्यो । ट्युमरकै कारण उनको दाहिने आँखाको ज्योति पनि गुम्यो ।

चिकित्सा भाषामा यो रोगलाई न्युरोफिब्रोम्याटोसिस भनिन्छ । यो समस्याका कारण भुपिन्दरलाई अहिले खानपिन गर्न तथा आँखाले हेर्न समेत मुस्किल भएको छ । उनलाई घरबाहिर निस्कन पनि गाह्रो भएको छ । उनी स्कुल जानपनि पाउने कुरै भएन ।

नचिनेका मानिसहरु उनलाई देख्दा डराउँछन् । उनको मुख नै हात्तीको सुँडजस्तै बन्दै गएकाले होला मानिसहरुले उनलाई हात्ती मान्छे पनि भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment