यस्तो लाग्दैछ, नायक अनुप विक्रम शाही र नायिका मलिना जोशीलाई प्रेममा आएको दरारले खासै फरक पारेको छैन । कारण, प्रेममा अलग भएपछि यी दुइले एकसाथ चलचित्रमा काम गर्दैछन् ।
भदौमा छायांकन हुने चलचित्रलाई दयाराम दाहालले निर्देशन गर्दैछन् । दयारामले भने-‘चलचित्रको नाम पक्का भएको छैन । तर, अनुप र मलिना एकसाथ चलचित्रमा देखिदैछन् ।’ उनले अनुप र मलिनालाई एकसाथ पर्दामा ल्याउनका लागि खासै गाह्रो नभएको पनि बताए ।
चलचित्रबाट २ जना नायकलाई पनि यो क्षेत्रमा भित्राउन लागेको उनले जानकारी दिएका छन् । सामाजिक प्रेमकथामा चलचित्रको निर्माण हुनेछ । प्रेममा अलग भएपनि व्यवसायिक सम्बन्ध जारी रहेको अनुपले बताएका छन् । केही महिना अगाडि आयोजित चलचित्र ‘द विनर’को पत्रकार सम्मेलनमा पूर्व मिस नेपाल समेत रहेकी मलिनाले भनेकी थिइन्-‘मैले अनुपसँगको प्रेम कहिले मिडियालाई भनेको थिएँ र ब्रेकअपको पनि जवाफ दिनुँ ।’
तर, अनुप भने उनका निकट चलचित्रकर्मीहरुसँग आफ्नो प्रेम मिस नेपालसँग पनि नटिकेको बताउन पछि पर्दैनन् । प्रेममा अलग भएपछि एकसाथ काम गर्न कलाकारहरु मान्दैनन् । तर, अनुप र मलिना एकसाथ काम गर्नका लागि तयार भएका छन् । करिब एक महिना भन्दा बढी समय एकसाथ चलचित्रमा काम गर्दा कतै यी दुइको टुटेको प्रेमको डोरी फेरि जोडिन्छ कि ?
प्रतिक्रिया 4