+
+

एभरेष्ट बैंकले कमायो १ अर्ब ७३ करोड

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३० गते ११:३४

३० साउन, काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षकोभन्दा १६ करोड रुपैयाँले बढी हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ५७ करोड रुपैयाँ कमाएको थियो ।

Logo-Everest-bankकारोबार वृद्धिको तुनामा बैंकको नाफा वृद्धि भने सामान्य नै मान्नुपर्छ । एक वषएको अवधिमा बैंकको निक्षेप साढे १० अर्बले बढेर ९३ अर्ब रुपैयाँ र कर्जा साढे ८ अर्बले बढेर ६८ अर्ब रुपैयाँ पुगेको आइतबार प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

तर, स्प्रेड दर र अधिक तरलताका कारण साढे ८ अर्ब रुपैयाँ कर्जा बढेपनि बैंकको व्याज आम्दानी भने ६करोड रुपैयाँले मात्रै बढेको छ । अघिल्लो वर्ष ४ अर्ब ९९ करोड रुपैयाँ रहेको व्याज आम्दानी गत वर्ष ५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

बैंकले व्याज खर्चमा भारी कटौती गरेको छ । अघिल्लो वर्ष २ अर्ब ११ करोड रुपैयाँ व्याज खर्च गरेको बैंकले गत वर्ष १ अर्ब ८२ करोड रुपैयाँमात्रै व्याज खर्च गरेको छ ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले खराब कर्जा केही घटाएको छ । अघिल्लो वर्ष कूल कर्जाको ०.६६ प्रतिशत रहेको खराब कर्जा गत वर्ष भने ०.३८ प्रतिशतमा झारेको छ ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । ०७२ असार मसान्तमा ७८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष घटेर ६६ रुपैयाँमा झरेको छ । बैंकको मुल्य आम्दानी अनुपात पनि केही घटेर साढे २५ गुणामा झरेको छ भने प्रतिसेयर नेटवर्थ ३ सय २४ रुपैयाँ छ ।

०७३ असार मसान्तमा बैंकको चुक्ता पुँजी २ अर्ब ७४ करोड रुपैयाँ र सञ्चि कोषमा ५ अर्ब ८७ करोड रुपैयाँ छ । नियामक राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार बैंकले ०७४ असार मसान्तमा न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनु पर्ने हुन्छ ।

बैंकले यसै आर्थिक वर्षमा २ अर्ब रुपैयाँ मर्जर वा एक्वायरबाट, रिजर्भमा रहेकोमध्ये २ अर्ब ८७ करोड रुपैयाँ बोनस सेयर वितरण गरेर र ४५ करोड रुपैयाँ बराबरको एफपीओ जारी गरेर तोकिएको पुँजी पुर्याउने योजना केहीदिन अघिमात्रै सार्वजानिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?