+
+

नेपाल-भारत सम्बन्ध अब फेरि बिग्रिन्छः थापा

राजेन्द्र आचार्य राजेन्द्र आचार्य
२०७३ साउन ३१ गते १५:००

Kamal-Thapa

३१ साउन, चितवन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल-भारत सम्बन्ध पुनः बिग्रिने दाबी गरेका छन् । केपी ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बनेका थापाले आफूहरु सरकारमा रहँदा सुधारेको नेपाल-भारत सम्बन्ध प्रचण्ड नेतृत्वको सरकारले बिगार्ने दाबी गरेका हुन् ।

‘१२ बुँदे समझदारीदेखि संविधान जारी हुने दिनसम्म राम्रो नभएको भारतसँगको सम्वन्ध असोज तीन गतेपछि सुधार भएको थियो । अब पुनः विग्रिन्छ,’ चितवनमा मिडिया नेपालले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा थापाले ठोकुवाका साथ भने, ‘सरकार परिवर्तन गर्नका लागि राख्न खोजिएको सम्बन्ध स्थायी र स्थिर हुँदैन ।’

उनले नेपालका राजनैतिक दलहरुले अन्य देशहरुसँग आत्मसमर्पणवादी धारणा नत्याग्दा राजनैतिक स्थायीत्व आउन नसकेको टिप्पणी पनि गरे । थापाले राजनैतिक स्थायीत्व विना परिवर्तन सम्भव नभएको बताए ।

वर्तमान सरकार मन्त्रिपरिषद विस्तारमै अल्झेका कारण संविधान कार्यान्वयन गर्न र निर्वाचन गराउन नसक्ने थापाले ठोकुवा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?