+
+

जनविरोधी शक्तिको निदहराम गर्दै विजयको झण्डा गाड्छौं: बादल

'फुटवादलाई परास्त गर्न जुटेका हौं'

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १६ गते १५:४६

Ram-Bahadur-Badal

१६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले फुटवादलाई परास्त गरी विजयको झण्डा गाड्नका निम्ति माओवादीहरु एकतावद्ध भएको बताएका छन् ।

क्रान्तिकारीहरुको फुटले जनविरोधी शक्तिहरुले टाउको उठाउने मौका पाएको भन्दै नेता बादलले भने, ‘अब तिनको निदहराम गर्दै हामी विजयको झण्डा गाड्ने छौं ।’

अखिल क्रान्तिकारीको तीन नम्बर प्रदेशस्तरीय भेलालाई सम्वोधन गर्दै माओवादी केन्द्रका संगठन विभाग प्रमुखसमेत रहेका नेता बादलले भने, ‘एकतासँगै संगठनात्मक क्षेत्रमा देखिएका समस्यालाई पार्टीले तत्काल हल गर्नेछ ।’

एकता भेलामा अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले अब क्रान्तिकारी विद्यार्थी आन्दोलनको मुल प्रवाह अखिल क्रान्तिकारी हुने दावी गरे । उनले आगामी स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीलाई पहिलो संगठन बनाएरै छाड्ने दृढता व्यक्त गरे ।

भेलामा अखिल क्रान्तिकारीका पूर्वअध्यक्षद्वय रमेश मल्ल, रत्न ढकाललगायतले पनि बोलेका थिए ।

तीन सय प्रतिनिधि सहभागी एकता भेलाको भोलिदेखि सुरु हुने बन्दसत्रले तीन नम्बर प्रदेश संयोजक बाहेकको कार्यसमिति निर्वाचित गर्नेछ । प्रदेश संयोजकमा विजय गौतम यसअघि नै चयन भैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?