Comments Add Comment

‘स्वतन्त्र गुट’ अस्तित्व खोज्दै सिटौला

Krishna-Parsad-Sitaula२१ भदौ, काठमाडौं । भदौको अन्तिम साता हुने महिला संघ र असोज पहिलो साता हुने तरुण दलको महाधिवेशनमा कांग्रेसको कृष्णप्रसाद सिटौला पक्षले एकल चुनाव लड्ने भएको छ ।

कांग्रेसमा ‘स्वतन्त्र गुट’ को अस्तित्व स्थापित गर्न सिटौला पक्षले तरुण दल र महिला संघमा एकलै निर्वाचन लड्ने तयारी गरेको हो ।

त्यसका लागि सिटौला पक्षले तरुण दल र महिला संघको चुनावको गृहकार्यलाई निकै तीव्र बनाएका आजको राजधानी दैनिकमा समाचार छ ।

सिटौला पक्षधर नेताले तरुण दल र हिला संघको चुनावमा एक्लै लडेर आफ्नो शक्ति देखाउने तयारी गरेका छन् ।

सिटौला पक्ष्धर लनेताहरुले सोमबार काठमाडौंमा तरुण दलका महाविशन प्रतिनिधिहरुको बृहत् भेला गरेको थियो । यसैगरी सिटौला पक्षले केही दिनअघि महिला संघका महाधिवेशन प्रतिनिधिको भेला गरेको थियो ।

सिटौला पक्षधर नेताहरु नेविसंघ महाधिवेशनपछि उत्साहित भएका छन् । तरुण दल र महिला संघको चुनावमा नेविसंघमा झै शेरबहादुर देउवा पइासँग सहकार्य नगरी एकल रुपमा चुनाव लड्ने तयारी सुरु गरिएको सिटौला पक्षका एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment