+
+

राष्ट्रसङ्घीय पद्धतिमा व्यापक सुधार आवश्यकः उपराष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज २ गते ९:४०

२ असोज, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले असंलग्न आन्दोलन (नाम) शान्ति, न्याय र समानताको अभिव्यक्ति भएको बताएका छन् ।

Nanda-Bahadur-Pun-Pasangभेनेज्वेलाको मार्गरिटा टापूमा जारी नामको १७ औँ शिखर बैठकलाई आज सम्बोधन गर्दै पुनले सुनियोजित ढङ्गले संसारभर जरा गाडेको असमानतालाई हटाउन र सबैको साझा समृद्धिका लागि विश्वव्यापी आर्थिक न्यायका पक्षमा नामले आफूलाई उभ्याउनुपर्ने धारणा राखे ।

नामका आधारभूत सिद्धान्त र आदर्शप्रति नेपालको अटल आस्था रहेको र ती सिद्धान्त र आदर्श नेपालको परराष्ट्र नीतिका निर्देशक सिद्धान्तका रुपमा रहेका उनले उल्लेख गरे ।

विश्वव्यापी शासन प्रणालीमा संयुक्त राष्ट्रसङ्घको नेतृत्वदायी भूमिकाको चर्चा गर्दै पुनले वर्तमान विश्वमा व्यापक रुपमा भएका राजनीतिक परिवर्तनलाई प्रतिबिम्बित गर्न राष्ट्रसङ्घीय पद्धतिमा व्यापक सुधार हुनुपर्नेमा जोड दिएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

उपराष्ट्रपति पुनले विकासोन्मुख मुलुकलाई आफ्नो कुल राष्ट्रिय उत्पादनको निश्चित प्रतिशत औपचारिक विकास सहायताका रुपमा उपलब्ध गराउन विकसित राष्ट्रले गरेका प्रतिबद्धता पूरा गर्न नेपालको दृढ अडान पनि दोहोर्याए ।

मार्गरिटा घोषणापत्र जारी गर्दै नामको १७औँ शिखर बैठक सोमबार सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?